नेपाल विश्व रग्बीको पूर्णसदस्यताका लागि सिफारिस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१७
  • |
  • 218 पटक हेरिएको

काठमाडौं । रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको हो ।

नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।

एसिया रग्बीका अध्यक्ष कसिस एल धलाईद्वारा जारी विज्ञप्तिमा नेपालसहित तीन राष्ट्रले विश्व रग्बीको पूर्णसदस्यताका लागि सबै प्रक्रिया पु¥याएकाले सिफारिस गरिएको उल्लेख गरिएको छ । पछिल्ला समय रग्बीका विकास गर्दै आइरहेको नेपालले दुई वर्ष अगाडि मात्र एसिया रग्बीको पूर्णसदस्यता पाएको थियो । दुई वर्ष अगाडि काजाख्स्तानको आस्तानामा भएको एसिया रग्बीको बैठकले नेपाललाई एसियाको पूर्णसदस्य राष्ट्र दिने निर्णय गरेको हो ।

नेपालले विश्व रग्बीको सदस्यताका लागि दिएको निवेदन आगामी नोभेम्बरसम्म सुनुवाई हुने नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । एसियाका अध्यक्ष कसिसले नेपालसहित तीन राष्ट्रलाई पछिल्ला समय रग्बी विकासमा गरेको मिहिनतप्रति बधाईसमेत दिएका छन् । इरान र लाओस यसअघि नै विश्व रग्बीको एसोसिएट सदस्य राष्ट्र हुन् । इरानले सन् २०११ देखि र लाओस सन् २००४ देखि विश्व रग्बीसँग आबद्धता लिएको थियो । दुवै राष्ट्रले आफ्नो घरेलु संरचना फिफ्टिन ‘ए’ साइड र सेभेन ‘ए’ साइडका प्रतियोगिता तथा महिलाको रग्बी लिग प्रतियोगिता राम्रो संरचना निर्माण गरेपछि एसिया रग्बीको नजरमा परेको हो ।

नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यससमयदेखि ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजनापश्चात् एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको हो । जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पु¥याएको थियो ।

पहिलोपटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पु¥याउन सफल भएको थियो । एसिया रग्बीको कार्यकारी सदस्यसमेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विश्व रग्बीको पूर्णसदस्यता पाएमा नेपालले देशभित्र रग्बीको खेलको विकासमा ठूलो फड्को मार्ने र अन्तर्राष्ट्रियस्तरमा पनि प्रदर्शन सुधार गर्ने विश्वास व्यक्त गरे । खेलाडी, प्रशिक्षक र संघका हरेक सदस्यको योगदानबाट छोटो समयमा पनि नेपाली रग्बीले अन्तर्राष्ट्रियस्तरमा आफूलाई स्थापित गरिरहेको घिसिङले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey