नाइट राइडर्सविरूद्ध सन्दिपकाे कसिलाे बलिङ, २० रनमा १ विकेट हात पारे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१६
  • |
  • 385 पटक हेरिएको

क्यारेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो सातौं खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले ट्रिन्बागो नाइट राईडर्स विरुद्धको चार ओभरमा २० रन खर्चिएर एक विकेट हात पारेका छन् । सन्दिपले जारी सिजनमा सबै खेलमा विकेट लिन सफल भएका छन ।

पहिलाे ओभरबाट नै किफायती बलिङ गरेका सन्दिपले पहिलाे ओभर मात्र तीन रन दिएका थिए भने दोश्रो ओभरमा आठ रन खर्चिएर एक विकेट हात पारे । यस्तै तेश्रो ओभरमा दुई रन दिएका सन्दिपले ब्यक्तिगत चाैथाे ओभरमा सात रन खर्चिए ।

टिमको आठौं ओभर लिएर आएका सन्दिपले पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा एक रन दिएका थिए । यस्तै चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन दिए । त्यसपछि ओभरको अन्तिम बलमा पनि एक रन खर्चिए ।

त्यसपछि टिमको १० औं ओभर तथा ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले आठ रन खर्चिएर एक विकेट लिए । उनले पहिलो बलमा दुई रन दिएका थिए भने दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा भने उनले २५ रनमा खेलिरहेका सिमोन्सलाई मुजिब उर रहमानको हातबाट क्याचआउट गराए । त्यसपछि चौथो बलमा एक रन दिएका सन्दिपले पाँचौ बल डट फाले भने छैटौं बलमा चार रन खर्चिए ।

यस्तै टिमको १२ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले मात्र दुई रन दिए । उनले लगातार चार बल डट फालेका थिए भने त्यसपछिका दुई बलमा एक एक रन दिएका थिए ।

आफ्नो अन्तिम ओभरमा सन्दिपले सात रन दिए । उनले पहिलो बलमा दुई रन दिदाँ दोस्रो बलमा चौका खाए । तेस्रो बल डट फालेका सन्दिपले चौथो बलमा एक रन दिए । बाँकीका दुई बल उनले डट फालेका थिए ।

सन्दिपले सिपीएलको जारी सिजनमा कुल १० विकेट पुर्याएका छन । यसअघि उनले सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा समान १-१ विकेट लिएका थिए । उनले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार चार खेलमा सन्दिपले निकै किफायती बलिङ गरेका थिए । जसमा गुयना एमेजन वारियर्ससँगको दुई खेल मध्ये पहिलो खेलमा आठ रन खर्चिएर दुई विकेट लिएका थिए भने दोश्रो खेलमा १२ रन खर्चिएर एक विकेट हात पारे । त्यस्तै सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध २७ रन खर्चिएर दुई विकेट चट्काएका थिए ।

सन्दिपले बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट लिएका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey