भिजन, सुरज र अमनले जिते भर्चुअलमा स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१४
  • |
  • 434 पटक हेरिएको

मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा मुलपानीले २ स्वर्ण जितेको हो । त्यसबाहेक मुलपानीले ३ रजत र २ कांस्य पनि हात पा¥यो । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका  छन् ।

यु–१२ पुरुष एकलमा मुलपानीका भिजन तामाङ पहिलो भए । उनले ६.३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी (६.२३) दोश्रो तथा मुलपानीका रोनिश नगरकोटी (६.१३) र  मुलपानीकै ईश्वर पराजुली (६.०३) तेश्रो भए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जितिन् । पुर्णिमाले ६.९३ अंक जोडिन् । मुलपानीकी मेलिना राई (६.५०) ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा (६.३०) र काभ्रेस्थलीकी सुस्मिता कार्की (६.२०) ले कांस्य हात पारे ।

यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६.२६ अंकसहित शीर्ष स्थानमा रहे । मुलपानीका आयुश ढुंगेल (६.१४) द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ (६.१३) र चन्द्रसूर्यका योग्य राई (६.०६) तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो भइन् । आचलले ६.४६ अंक प्राप्त गरिन् । ६.३३ अंकसाथ मुलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । विजेश्वरीकी प्राप्ति पुन (६.१६) तथा काभ्रेस्थलीकी विनिशा खड्गी (६.१०) ले तेश्रो स्थान हासिल गरे ।

पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५.९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जन्कार (५.६६) दोश्रो तथा बागलुङका नन्द विष्ट (५.५६) र योन्सुफका दुर्गामान तामाङ (५.३६) तेश्रो  भए । उक्त स्पर्धाको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण   चुमिन् । तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोश्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ । अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal