सामाजिक सञ्जालमा राखेपको ५७ औं स्थापना दिवस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१३
  • |
  • 260 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको ५७ औं वार्षिकोत्सब मनाईदै छ । विगतका वर्षहरुमा तामझामका साथ मनाइने वार्षिकोत्सब यस वर्ष भने सामाजिक सञ्जालमा सिमित भएको छ । कोरोना भाइरसको महामारीका कारण अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकाले औपचारिक कार्यक्रम हुन नसकेको हो । विगतमा स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गर्ने परम्परा रहेको थियो ।

कोरोना भाइरसको महामारीका कारण चैत ११ गतेदेखि नेपाली खेलकुद ठप्प छ । सरकारले लकडाउन गरेसँगै स्थगित भएको खेलकुद गतिविधिहरु लकडाउन हटेपछि शुरुहुने तयारीमा थिए । तर, अहिले झनै कोरोनाको महामारी बढेपछि निषेधाज्ञा जारी हुँदै सबै गतिविधि फेरि ठप्प भएका छन् । केही खेलका खेलाडीहरुले प्रशिक्षण थालिसकेको अवस्थामा निषेधाज्ञा भएपछि गतिविधिहरु रोकिएका हुन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शुभ कामना दिँदै अग्रजहरुको योगदानका कारण नेपाली खेलकुद यहाँसम्म आइपुगेको स्मरण गरेका छन् ।

साथै मन्त्री विश्वकर्माले सम्पुर्ण खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी, खेल पत्रकार तथा सम्पुर्ण खेलप्रेमीहरुलाई १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा पाएको सफलताले सबैमा उत्साह जगाएको पनि उल्लेख गरे ।

विश्वको महामारीका रुपमा फैलिएको कोरोनाले नेपालसँगै विश्वको खेलकुद जगत प्रभावित भइरहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकुदमा नयाँ चुनौती थपिएको र यो चुनैतीबाट चाँडैं पार पाइने पनि बताए ।

राखेपका उपाध्यक्ष शिब कोइरालाले शुभ कामना दिँदै कोरोना महामारी पछि नेपाली खेलकुद पनि पुरानै लयमा फर्किने बताउँदै त्यसका लागि सबै मिलेर खेलकुदको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले अब चाँडै नेपाली खेलकुदले विगतको भन्दा राम्रो नतिजा आत्मसाथ गर्ने विश्वास व्यक्त गरे । तर अहिले कोरोना कारकाण खेलकुद क्षेत्र अस्तव्यस्त भए पनि कोरोना काल पछि पुरानै अवस्थामा ल्याउने र खेलाडीहरुको मनोबल उच्च बनाउनका लागि राखेप सधैं जिम्मेवार भएर लाग्ने प्रष्ट पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey