सबै मिलेर क्यानलाई राम्रो बनाउँछौं : कोषाध्यक्ष रोशन सिंह

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१२
  • |
  • 344 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले धेरै कामहरु कोरोनाका कारण पेन्डिङमा रहेको बताएका छन् ।

क्यानले काम गर्नका लागि योजनाहरु तयार पारिरहेको अवस्थामा कोरोना भाइरसको महामारी बढेपछि ती सबै कामहरु रोकिएको जानकारी दिए । नेप्लेजसँग वेभ कुराकानीका क्रममा कोषाध्यक्ष सिंहले अहिलेको अवस्थामा क्यानमा कुनै विवाद नरहेको पनि दावी गरेका छन् ।

साथै उनले नेपाली क्रिकेटको विकासका लागि आफूहरु नेतृत्वमा आएको प्रष्ट पार्दै अहिलेको नेतृत्वले नेपाली क्रिकेट र आम समर्थकलाई खुशी दिलाउने गरि काम गर्ने बताए । कामका दौरान मान्छेका केही कमिकमजोरीहरु भए पनि ती कुराहरु क्रमसः सच्याएर अघि बढ्ने लक्ष्यका साथ सबै अघि बढेको पनि बताए ।

अहिले क्रिकेटको अवस्था सोचेको भन्दा निकै कठिन रहेको र क्यान पुर्नस्थापित भएपछि धेरैको आशा उच्च रहेको तर, त्यो अनुसार देखिने गरेर काम हुन नसकेको स्विकारेका छन् । उनले क्यान आफैमा एक स्वतन्त्र अंक भएपनि आर्थिक हिसावले अहिले अर्को निकायमा भरपर्नुपर्ने बताए । त्यसैले अब नेपाली क्रिकेटको विकास गर्ने हो भने एकजुट हुनुको बिकल्प नभएको बताउछन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey