ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलाई कोरोना सङक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१२
  • |
  • 231 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलाई कोरोना पाेजेटिभ देखिएकाे छ ।

साउनको अन्तिम साता एनओसीका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा महासचिव श्रेष्ठलाई समेत कोरोना पाेजेटिभ देखिएकाे हाे । उनीसंगै एनओसीमा कार्यरत थप २ कर्मचारीमा समेत कोरोना पुष्टि भएको बताइएकाे छ । तर उनीहरूकाे नाम भने सार्वजनिक गरिएकाे छैन ।

आफुलाई कोरोना सक्रमण भए पनि आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको महासचिब श्रेष्ठले बताए । उनले १० दिन अगाडी परिक्षण गरेकाेमा रिपाेर्ट आउन ढिलाइ भएपछि काेराेना भएकाे शंका लागेकाे बताए । उनले रिपाेर्ट तीन दिन अगाडीमात्र पाएकाे र सातदाेबाटाे स्थित ओलम्पिककाे कार्यालयमा नै आइसाेलेसनमा बसिरहेकाे नेप्लेजलाइ बताए । उनले भने- “हाम्रो कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि हामीले परीक्षण गरेका थियौं”, र “मेरो स्वास्थ्य स्थिती सामान्य रहेको बताए ।

कोरोना सङक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा सुरक्षित रुपमा बसेको महासचिव श्रेष्ठले बताए । “म यति वेला नियमित रुपमा चिकित्सकको सल्लाह र निगरानीमा वसेको छु”, उनले भने ।

एनओसीमा कार्यरत कर्मचारीहरुको साउन ३२ गरिएको कोरोना परीक्षणमा २ जना कर्मचारी कोरोना पुष्टि भएको थियो । उनीहरुको कोरोना पुष्टि भए सँगै भदौ ३ गते एनओसीका पदाधिकारी, कार्यसमितीका सदस्य तथा कर्मचारीहरु गरि २० जनाको कोरोना परीक्षण गरिएको थियो ।

यसका साथै ओलम्पिकमा मात्र काेराेना पुष्टि हुने ५ जना पुगेका छन । काेराेना पुष्टि भएकाहरू सबै क्वारेन्टिनमा बसिरहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey