क्यानको गतिमा आईसीसीको प्रभाव, सबै कुरामा अनुमति लिदा काम देखिएन् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१२
  • |
  • 248 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यान आंशिकरुपमा निलम्वन फुकुवा भएकाे पनि एक वर्ष  पुग्दै छ । तर आम नेपाली क्रिकेट समर्थकले चाहे जस्ताे क्यानले काम गर्न नसकेकाे भन्दै अहिले आलाेचना पनि हुने गरेकाे छ । क्यानले चाहेर पनि आफै सबै काम गर्न सक्ने अवस्था छैन । त्यसका लागि क्यान अहिले पनि आईसीसीसँग भरपर्नु पर्ने अवस्था रहेकाे सचिव अशाेकनाथ प्याकुरेलले बताएका छन् ।

क्यानले रफ्तारमा काम गर्न खोज्दा आईसीसीका कारण ढिला भएको हो ?

यसमा हो पनि । यसमा म ठाडै होइन भन्दैन । आईसीसीले हामीलाई पर्टिकुलर तोकेर यो चिज गर्नुपर्ने, यो हुनुपर्छ भनेर आदेश दिनुहुन्छ ।
‘वान बाई वान’ सबै प्रोटोकलहरु पुरा गर्नुपर्ने भन्नुहुन्छ । इलेक्सन पछि फटाफट क्यानले काम गर्छ भन्ने सबैको अपेक्षा थियो ।
हाम्रो दुर्भाग्य कोरोना भाइरसको महामारीले हामीलाई अप्ठेरो गर्‍यो । कोरोनाका कारण हामीले काम गर्न सक्ने स्थिति रहेन । आईसीसी पनि धेरै समय बन्द भयो । कोरोनाकै कारण आईसीसीले सम्बोधन गर्नुपर्ने नयाँ नयाँ कुराहरु पनि भइरहेका छन् । जसले गर्दा आईसीसीबाट नेपालको हकमा लागि रहनु पर्ने कुराहरुका हकमा पनि कम भएको हो की ।

भनेको आईसीसीले नेपाली क्रिकेटलाई ध्यान दिनुपर्ने हो त्यो नदिएको भन्न मिल्छ ?

कोरोना अगाडि आईसीसीको लागि नेपाल एउटा एजेण्डा थियो । जतिसक्दो चाँडो नेपालको प्रक्रिया पुरा गरेर पूर्णरुपमा निलम्बन फुकुवा गर्नुपर्छ भन्ने पक्षमा आईसीसी थियो । तर, कोरोनाको महामारी पछि आईसीसी सामू नयाँ नयाँ चुनौतीहरु थपिएकाले नेपाल प्राथमिकतामा परेन की भन्ने बुझाई हो । तर, आईसीसीको बोर्ड लेभलबाट नेपालसँग ‘डे टु डे’ हुने कुराहरु सरोकार राख्ने विषय छैन । नीतिगत निर्णय भइसके पछि आईसीसीका कर्मचारी लेभलबाट निर्णय गरे पुग्ने अवस्था पनि छ ।

आईसीसीले हेपेको त होइन ?
हेप्ने भन्ने कुरो रहन्छ जस्तो त मलाई लाग्दैन ।

आईसीसीले नेपाली क्रिकेटबारे धेरै जानकारी लिने मौका निलम्बनमा भएका बेला पाएको छ । यसै कारण अहिले केही समय नगर्दा हुन्छ भन्ने मानसिकतामा बसेको पो हो कि ?

आईसीसीको नेपालको विषयमा काम गर्ने तौर तरिका नमिलको जस्तो त देखिन्छ । हामीसँग इनडिपेन्डेन्ट प्यानलका लागि नाम मागिसके पछि पनि महिनौं सम्म बैठक बस्न सकेको थिएन ।

हेराैं सचिव अशाेकनाथ प्याकुरेलसँगकाे याे कुराकानी ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey