आहा रारा गोल्डकपमा मनाङ र पुलिस खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 226 पटक हेरिएको

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन ।

पुलिसले प्रतियोगिताको पहिलो खेलमा झापालाई १–० ले हराएको थियो । मनाङको भने प्रतियोगितामा पहिलो खेल हो । अघिल्लो वर्ष सर्वाधिक ४ नकआउट फुटबलको उपाधि जितेको मनाङ यो वर्ष पनि २ उपाधि जितिसकेको छ ।

इटहरीको फाइनलमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको मनाङको टोलीमा २ विदेशी खेलाडी आजको खेलमा खेल्न नपाउने भएका छन । ‘वोर्क पर्मिटका कारणले हाम्रा दुई विदेशी खेलाडी खेल्न नपाउने भएका हुन ।

आजको विजेताले सेमिफाइनलमा धरान फुटबल क्लबको सामना गर्नेछ । धरानले यसअघि नेपाल आमर्मीलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal