एपीएफ भलिबल टिमका चार जना खेलाडीमा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०६
  • |
  • 180 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लवमा एकै पटक ३६ जना खेलाडीमा कोरोना पोजेटिभ देखिदा त्यसमा चार जना भलिबल खेलाडी रहेका छन ।

शुक्रबार प्रदेश दुईका विभिन्न जिल्लामा ड्युटिमा खटिएका एपीएफका खेलाडीमा ९८ जनाको पीसीआर हुँदा एकै पटक ३६ जनामा कोरोना देखिएको थियो ।

त्यसमा चार जना भलिबल टिमका सेटमा रहेका खेलाडी रहेको बताइएको छ । क्लवबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदा उनीहरु टिमबाट खेल्ने खेलाडी रहेको तर अहिलेसम्म राष्ट्रिय टिममा स्थान बनाउन नसकेका खेलाडी हुन ।

अघिल्लो पटक लकडाउन हुँदा एपीएफले दक्षिण एशियाली खेलुकद सागमा पदक नजितेका करिव एक सय खेलाडीलाई प्रदेश दुईमा सिमा सुरक्षाका लागि खटाएको थियो ।

त्यसमा ९८ जना साढे दुई महिनापछि काठमाडौं फर्किएका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखेर पीसीआर परिक्षण हुँदा ३६ जनाको एकै पटक कोरोना देखिएको हो ।

कोरोना देखिनेमा दुवाकोटमा २० जना र कीर्तिपुरको चोभारमा १६ जना राखिएको छ । तराई जिल्लाबाट आएका ती खेलाडीको भदौ दुई गतेसम्म सबैको स्वाब संकलन गरिएको थियो । त्यसमा ८० जनाको रिपोर्ट आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey