काठमाडौं जिल्लाले २०० खेलाडीकाे कोरोना बीमा गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०५
  • |
  • 227 पटक हेरिएको

काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना बीमा गरिदिने भएको छ ।

काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए ।

प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् ।

जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey