सीपीएलको पहिलो खेलमा लामिछानेले लिए जद्रानको महत्वपूर्ण विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०३
  • |
  • 266 पटक हेरिएको

क्यारेवियन प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली बलर सन्दिप लामिछानेले एक विकेट लिएका छन् । जमाइका तल्लावास टिमका बलर सन्द्रिपले सेन्ट लुसिया जुक्सका नजिबुल्लाह जद्रानको विकेट लिएका हुन् । उनले १५औं ओभरको दोस्रो बलमा पोवेलबाट क्याचआउट गराएका थिए ।

जद्रानले २१ बलमा एक छक्का र एक चौकाको सहयोगमा २५ रन बनाएका थिए । त्यसअघि तीन ओभरमा सन्दिप विकेटबिहीन रहे । नवौं ओभरमा पहिलो स्पेल लिएका सन्दिपले आठ रन दिए । त्यसपछि एघरौं ओभर बलिङ गरेका उनले तीन रन दिए ।

१३औं ओभरमा सन्दिपले पुनः आठ रन दिए । अन्तिम ओभरमा उनले एक विकेटसहित चार रन दिए ।

सेन्ट लुसियाविरुद्ध सन्दिपले चार ओभर बलिङ गर्दा २३ रन दिए । उनको बलमा सेन्ट लुसियाका खेलाडीले एउटा चौका र एउटा छक्का प्रहार गरेका थिए ।

सीपीएलकाे पहिलाे खेलमा सन्दिपकाे टिम जमैकाले सेन्ट लुसियाबाट १४९ रनकाे लक्ष्य पायाे ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey