थापा राखेपकाे कार्यकारी समितिकाे सचिवमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०३
  • |
  • 269 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का प्रशासन प्रमुख कुलबहादुर थापा परिषद्को कार्यकारी समितीको सचिवमा नियुक्त भएका छन ।

परिषद्को सात जनाको कार्यकारी समितीमा उनलाई सचिवका रुपमा चयन गरिएको हो ।

राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ को परिच्छेद तीनको १४ को उपदफा एक बमोजिम उनलाई सचिवको जिम्मेवारी दिइएको हो ।

थापा परिषद्मा विभिन्न विभागिए प्रमुखमा काम गरिसकेका छन । उनले सागमा पनि समारोह तयारी समितीको संयोजक बनेका थिए ।

सदस्य सचिव संयोजक रहने समितिमा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख र राखेपका प्रशासन महाशाखा प्रमुख पदेन सदस्य रहनेछन् । राखेपका प्रशासन महाशाखा प्रमुख समितिको सचिव रहने व्यवस्था ऐनले गरेको छ ।

बाँकी चार सदस्यमा अध्यक्षको रुपमा खेलकुद मन्त्रीले एक महिला सहित दुई जना र परिषद्ले बोर्डका सदस्य मध्य एक महिला सहित दुई जनालाई कार्यकारी समितिमा मनोनित गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey