तेक्वान्दाे संघकाे कार्यालय भदाै १० गतेसम्म बन्द

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०३
  • |
  • 230 पटक हेरिएको

उपत्यकामा पनि कोरोनाको संक्रमण उच्च बनेपछि राष्ट्रिय खेलकुद परिषद्ले अनिश्चित समयका लागि अत्यावश्यक काम बाहेक अरु गतिविधी बन्द गर्न निर्देशन दिइसकेको छ ।

त्यसमा पनि सरकारले नै भदौ १० गतेसम्मका लागि उपत्यकामा अत्यावश्यक कामबाहेक अरुलाई निषेधाज्ञा गर्ने भएको छ । जसका कारण नेपाल तेक्वान्दो संघले आफ्नो कार्यालय एक साताका लागि बन्द गरेको छ ।

संघले बुधबार एक विज्ञेप्ती निकाल्दै भदौ १० गतेसम्मका लागि कार्यालय बन्द गर्ने बताएको छ । सरकारले नै बुधबार रातिबाट भदौ १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

जसका आधारमा तेक्वान्दो संघले कार्यालय भौतीक रुपमा बन्द भएपनि सचिवालयबाट हुनुपर्ने सबैकाम अनलाईनबाट गर्न अनुरोध गरेको छ ।
केहि दिन अगाडी तेक्वान्दै संघले जोड विजोडका आधारमा कार्यालय खोल्ने बताएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal