नेपालको पहिलो अभ्यास खेल आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 154 पटक हेरिएको

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका क्रममा युएईमा रहेको नेपाली रास्ट्रिय टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपाली टिमले युएइमा ३ वटा अभ्यास खेल खेल्ने छ। अभ्यास खेलपछि टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

नेपाली टिमले आज पहिलो अभ्यास खेलमा युएई ‘ए’ टिमसग खेल्नेछ । खेल आईसीसी एकेडेमी ओभल मैदानमा हुनेछ ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey