कर्मचारीमा काेराेना पुष्टि हुँदा पदाधिकारी तनावमा

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 257 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीमा दुई जनाको कोरोना पुष्टि भएपछि यतिबेला त्यहाँका सबै कर्मचारी तथा पदाधिकारी जो नियमित अफिस आउने गरेका थिए, उनीहरुलाई मानसिक तनाव सुरु भएको छ ।

ओलम्पिकमा कार्यरत दुई जना कर्मचारीमा देखिएको कोरोनाले यतिबेला पदाधिकारीहरु घरमै बसिरहेका छन । उनीहरु सोमबार कोरोनाको परिक्षण गर्नका लागि प्रयासरत छन । संभवत सोमबार सबै कर्मचारीको कोरोना परिक्षण हुने संभावना रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

पछिल्लो पटक काठमाडौंमा पनि कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक कमिटीका कर्मचारीलाई पनि परिक्षण गराउने पठाएको थियो । त्यसमा दुई जनामा शनिबार कोरोना पुष्टि भएको हो । त्यसपछि उनीहरु परिक्षणसम्म पनि नियमित कार्यालय आएर काम गर्ने गरेको र त्यो बेला ओलम्पिकका अरु पदाधिकारी पनि अफिस आइरहेका थिए ।

बुधबारबाट ओलम्पिकको कार्यालय बन्द भनेपनि अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ र डाइरेक्टर चतुरानन्द बैध केहि कामका कारण कार्यालय आइरहेका थिए । यहि बिचमा महिला कमिसनका केहि पदाधिकारीका पनि भवनमा पुगेका थिए । अहिले सबैकाे ट्रेसिङकाे काम भइरहेकाे र काेराेनाकाे परिक्षणका लागि पहल भइरहेकाे छ ।

तर शनिबार आफु वरिपरी रहेका कर्मचारीमा कोरोना देखिएपछि उनीहरुपनि मानसिक रुपमा तनावमा आएका छन । कर्मचारीमा कोरोना देखिएपछि केहि पदाधिकारी घरमै छुट्टै बसिरहेका छन । अब उनीहरुको परिक्षणगरेर रिपोर्ट नआउँदासम्मलाई कसैको सम्पर्कमा नआउने बताएका छन ।

त्यसमा पनि अझै दुई जना कर्मचारकिो परिक्षणको रिपोर्ट आउन बाँकी नै । पछिल्लो पटक एकपछि अर्को गरि खेलकुद क्षेत्रमा पनि कोरोनाको परिक्षण देखिने थालेको छ । अहिलेसम्म पाँच जनामा कोरोना पुष्टि भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey