एनटीएले तेक्वान्दाे खेलाडीकाे काेराेना बीमा गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 329 पटक हेरिएको

नेपाल तेक्वान्दो संघ एनटीएले सबै तेक्वान्दो खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

नेपालमा पछिल्लो पटक निकै फैलिरहेको कोरोनाबाट प्रभावित भएकालाई एनटिएले बीमा गर्ने भएको छ ।

एनटीएले आइतबार एक सुचना जारी गर्दै सबै खेलाडीलाई आफ्नो बिवरण बुझाउन भनेको छ ।

भदौ एक गतेसम्मको समयसिमा राखिएको सो आह्वानमा खेलाडीले आफ्नो ब्यक्तिगत बिवरण राख्न भनिएको छ ।

त्यसका लागि उसले एउटा इमेल अकाउन्ट पनि खोलेको छ ।

संघले जोड मितिमा कार्यक्रम शाखा, अन्तर्राष्ट्रिय शाखा र लेखा शाखा खुल्ने जनाएको छ ।

यस्तै बिजोड मितिमा ग्रेडिङ शाखा, आन्तरिक व्यवस्थापन शाखा र समन्वय शाखा खुल्ने जनाएको छ ।

संघले केन्द्रीय कार्यालयमा सबैको लागि प्रवेश निषेध गरिएको समेत जनाएको छ । प्रवेश निषेध गरिएको कारण सचिवालयको सबै कार्यहरु टेलिफोन र इमेलको माध्यमबाट लिन समेत संघले अनुरोध गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal