सागमा सहभागिलाई प्रमाणपत्र दिने कार्यक्रम अनिश्चित

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 474 पटक हेरिएको

नेपालमा आयोजना भएको दक्षिण एशियाली खेलकुद सागमा सहभागि भएका सबै खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र रेफ्रिलाई दिनुपर्ने सहभागिताको प्रमाणपत्र तत्काल नदिने भएको छ ।

पछिल्लो पटक कोरोनाको संक्रमण निकै बढिरहेको र उनीहरुलाई कार्यक्रमको आयोजना गरेर नै प्रमाणपत्र वितरण गर्नुपर्ने भएकाले अहिले सरकारले नै सभा सम्मेलन नगर्न निर्देशन दिएकाले स्थगित भएको छ ।

परिषद्ले अर्को सुचना जारी नहुँदासम्मका लागि यो कार्यक्रम स्थगित गरेको छ । राखेपले पत्र नै लेख्दै यो विषयमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको महेन्द्र राईले बताए ।

अहिलेको अवस्थामा सबै खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र रेफ्रिलाई एक ठाउँमा राख्न संभव नभएको त्यहि कारणले पछि उचित समय पारेर विशेष कार्यक्रमको आयोजना गरेर वितरण गर्ने बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey