बिस्तारै खेलकुद क्षेत्रमा पनि देखिन थाल्याे काेराेना !

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 351 पटक हेरिएको

नेपाल सरकारले खुल्ला गर्ने सूचीमा पुछारमा रहेको खेलकुद क्षेत्रमा एकपछि अर्को गरेर कोरोना देखिन थालेको छ । पछिल्लो पटक नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना देखिएपछि खेलकुदमा खेलाडी र पदाधिकारीमा कोरोना पोजेटिभ हुनेको संख्या पाँच पुगेको छ ।

अघिल्लो साता किड्नीको उपचार गराइरहेका क्रिकेटर पवन दासलाई कोरानोको पुष्टि भएको थियो । जनकपुर अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल भइरहेको र त्यसमा पनि दुबै किड्नी फेल भएको बताइएको छ ।

त्यसपछि स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना पुष्टि भएको थियो । उनी अहिले स्क्वासको प्रशिक्षक स्थलमा आइसोलेसनमा रहेका छन ।
उनको खबर सार्वजनिक भएको केहि दिन अर्थात शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणका लागि बोलाएका एक खेलाडीमा कोरोना देखिएको भन्ने सार्वजनिक भयो ।

त्यसको दोस्रो दिन राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो कर्मचारी केहि खेलाडी र ओलम्पिक कमिटीका कर्मचारीको परिक्षण गर्यो । त्यसमा दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना देखिने कर्मचारीको नाम गोप्य राखिएको छ । अझै दुई जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

अब ती दुई जना कर्मचारीले कार्यालयमा हुँदा को कोसँग सम्पर्क आए त्यसको ट्रेसिङ बाँकी नै छ । कमिटीले अहिले कार्यालय बन्द गरेको छ । जसलाई केहि सातासम्म बन्द नै राखिने भएको छ ।

अब नेपाली खेलकुदमा पनि कोरोना विस्तारै फैलिन थालेको छ । जसले गर्दा सरकारले नै अझै केहि समयका लागि कुनैपनि कार्यक्रम नगर्न भनिसकेको छ । तर विभिन्न संघले सदस्यसचिव र उपाध्यक्ष लगायत नयाँ सदस्यको स्वागतको कार्यक्रम भने कायमै राखेका छन । अहिलेसम्म फुटबल, भलिबल, बक्सिङ, ब्याटमिन्टन लगायतले स्वागत कार्यक्रम राखेका छन भने अझै कराँते, लगायतका अरु संघले पनि योजना बनाएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey