बेकह्यमद्धारा फुटबल टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 278 पटक हेरिएको

इङल्यान्डका पुर्व कप्तान डेविड बेकह्यामको ड्रिम प्रोजेक्टको सुरुवात गरेका छन । उनले पुरानो योजना साकार पार्दै मायामीमा मेजर लिग सकर टिमको सुरुवात गरेका छन ।

बेकह्यामले मायामीमा विषेश कार्यक्रमको आयोजना गर्दै मेजर लिग सकर टिमको सुरुवात गरेको घोषणा गरेका हुन् । ब्कह्यामले एल ए ग्यालेक्सीमा आवद्ध हुदा सम्झौतामा आफ्नै टिम स्थापना गर्ने एउटा विकल्प राखेका थिए ।

सोही विकल्पको प्रयोग गर्दै उनले टिमको सुरुवात गरेका हुन् । अहिले सम्म नाम नराखिएको क्लबले २५ हजार दर्शक क्षमता भएको स्टेडियममा ओभरटाउन आसपासको क्षेत्रमा खेल्नेछ ।

टिम स्थापना गरेको घोषणा गर्दै बेकह्याम निकै भावुक देखिएका थिए । उनले मेजर लिग सकरमा एक उत्कृष्ट टिम दिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । दीर्घकालिन रुपमा यो लिगको क्षमता महशुश भएरनै आफु रियाल मड्रिड जस्तो ठुलो क्लब बाट एल ए ग्यालेक्सी भएको बेकह्यामको भनाइ छ ।

उनी सन २००७ मा रियाल बाट एल ए ग्यालेकसीमा आवद्ध भएका थिए । यो संगै उनी आफ्नै टिम स्थापना गर्ने पहिलो पुर्व एम एल एस खेलाडी पनि बनेका छन ।

यसै वर्ष एल ए ग्यालेक्सीको शहरी प्रतिद्धन्दीका रुपमा लस एन्सलज फुटवल क्लबको स्थापना भएको थियो । लस एन्जलसको स्थापना पछि लिगमा क्लबको संख्या २३ पुगेको छ ।

लिगमा २८ क्लब पु¥याउने लक्ष्य राखिएको छ । बेकह्यामलाइ भिडियो मार्फत उनका चार सन्तान र श्रीमती भिक्टोरिया सहित अमेरिकी टेनिस स्टार सेरेना विलियम्स, जमैकन धावक युसेन बोल्ट।

जेनिफर लोपेज लगायतले बधाइ दिएका थिए । बेकह्यामको क्लबले २०२० सम्मा लिग खेल्ने बताइएको छ । इङल्यान्डका लागि एक सय १५ क्याप जितेका मिडफिल्डर बेकह्यामले २०१३ मा फुटवल बाट सन्याष लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey