सबै खेलाडीले भत्ता पाएका छन् : श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२८
  • |
  • 258 पटक हेरिएको

काठमाडौं । करातेको राष्ट्रिय टिम प्रशिक्षक तथा सहायक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठले खेलाडीले भत्ता नपाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । केही दिन अघि नेप्लेज डटकमले पनि १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रारम्भिक चरणमा रहेका खेलाडीहरुले अझैं भत्ता नपाएको समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रति प्रशिक्षक श्रेष्ठले ध्यानाकर्षण भएको बताउँदै आफूले सबै हिसाब मिलान गरेको र कुनै पनि खेलाडीलाई भत्ता दिन बाँकी नरहेको बताएका छन् । वुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले भने ‘सबै खेलाडीले भत्ता पाइसकेका छन् र राष्ट्रिय खेलकुद परिषद्मा पेश्की फस्र्योट पनि भइसकेको अवस्था रहेको छ ।’

नेप्लेजसँगको सम्पर्कमा आएका प्रशिक्षक श्रेष्ठले राखेपबाट पहिलो चरणको भत्ता आफ्नो नाममा आएको र त्यसपछिका कुनै पनि कारोबारमा पनि संलग्न नभएको बताएका छन् ।

उनले दशौं साग देखि लगातार करातेमा संलग्न रहेको बताउँदै आर्थिक कारोबारमा आफूको कुनै पनि संलग्नता नरहेको बताउँदै खेलाडीहरुले भत्ता बुझेको हस्ताक्षर पनि आफूसँग सुरक्षित रहेको दावी गरे । उनले भने ‘हस्ताक्षर गरेर भत्ता बुझाएका हौं, अब कोही खेलाडीले पाएको छैन भने हामीसँग आएमा हस्ताक्षर भएको कागज देखाउन पनि तयार छौं ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey