नेपालमा भएकाे डाेपिङमा असफल भएका तीन पाकिस्तानी खेलाडी ४ बर्षकाे प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२८
  • |
  • 267 पटक हेरिएको

१३ औं दक्षिण एशियाली खेलकुद सागको डोपिङमा असफल भएका तीन जना पाकिस्तानी खेलाडी प्रतिबन्धमा परेका छन ।

दक्षिण एशियाली ओलम्पिक काउन्सिलले एन्टी डोपिङको नियम अनुसार उनीहरुलाई चार बर्षको प्रतिबन्ध लगाएको हो । नेपालमा आएको सागका बेला गरिएको दोस्रो चरणको परिक्षणमा उनीहरुले डोपिङ गरेको पुष्टि भएको हो ।

जसमा एथ्लेटिक्सको ट्रयाक एण्ड फिल्डमा ११० मिटर हर्डल्समा मोहम्मद नइम, चार सय मिटर दौडका स्वर्ण विजेता मेहबुब अली र एक सय मिटरका काश्य पदक विजेता समी उल्लाहलाई प्रतिबन्ध लागेको छ ।

वाडाले स्याम्पल बी टेष्ट गर्दा फेरि पोजेटिभ देखिएको र खेलाडीहरुले पनि त्यसलाई स्वीकारेको हुँदा २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निल्मबन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उनीहरुको मेडल पनि खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको र कतारको एन्टी डिवङ ल्याबमा टेष्ट गरिएको थियो ।

१३ औं साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो । पाकिस्तान १४ औं सागको आयोजक समेत रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey