कराते खेलाडीकाे भत्ता हिनामिना प्रकरणः खेलाडी खुलेर नबाेल्दाकाे परिणाम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२६
  • |
  • 395 पटक हेरिएको

नेपाली खेलकुदमा खेलाडीलाई कुन किसिमको ब्यवहार हुन्छ, र उनीहरुलाई कतिसम्म पेलिन्छ र हेपिन्छ भन्ने प्रष्ट उदाहरण बन्यो कराते खेलाडीले सागका बेला पाउनुपर्ने पुरै भत्ता नपाएको घटना । १३ औं सागका बेला करातेको खेलाडीले पाउनुपर्ने पुरै देनिक भत्ता नपाएको भन्ने समाचार सार्वजनिक गरेपछि त्यसमा संलग्न भएका प्रशिक्षक तर्सिएका छन । तर यसमा खेलाडीको रकम हिनामिना गर्ने प्रशिक्षक मात्र होइनन्, खेलाडीको पनि गल्ति देखिएको छ । मुख्य प्रशिक्षक मदन उप्रेती र सहायक मुख्य प्रशिक्षक दिपक श्रेष्ठले बदमासी गर्दा खेलाडीको पहिलो चरणको भत्ता साग सकिएपछि पनि नपाएको भनेर खेलाडीले नै सम्बन्धित निकायमा गुहार गर्नुपर्ने थियो ।

यता प्रशिक्षकले सबै हिसावकिताव मिलाउँदा जुन आश्वासन खेलाडीले पाएका थिए, त्यसमा नै खेलाडीहरु आशा गरिरहे । तर समय वित्दै गयो, सागमा पदक जित्ने खेलाडी त्यो पदकको खुसीमा भुले । जो पहिलो चरणबाट बाहिर भएका थिए, उनीहरु अब आउला, तब आउला भनेर भत्ता कुरी रहे । उनीहरुले प्रशिक्षकलाई फोनमा सम्पर्क गर्दा, होटेलको पैशा तिर्न पुगेको छैन, अब चाँडै आउछ भनेर आश्वासन दिइयो ।

यो विषयमा मुख्य प्रशिक्षक मदन उप्रेतीलाई सोध्दा, यसमा पहिलो चरणको हिसावकितावको जिम्मा सहायक मुख्य प्रशिक्षक दिपक श्रेष्ठलाई दिएको र त्यो बेला सोध्दा, केहिको दिएको र केहिको अब दिने भनेको भन्दै उल्टो आफ्नो टाउकोको बोझलाई हटाउनेमा देखिए । तर त्यो बेला यदि मुख्य प्रशिक्षक नै चोखो भएर, सबै कुराको ताकेता गरेको भए अहिलेको अवस्था आउने थिएन ।

अहिले खेलाडीको भत्ताको कुरा खाएको कुरा सार्वजनिक भएपछि यो विषयमा अनभिज्ञ रहेको राष्ट्रिय खेलकुद परिषद्पनि सोधपुछमा लागेको छ । सोमबार परिषद्का प्रवक्ता कुलबहादुर थापाले खेलाडीको भत्ताका विषयमा प्रशिक्षकसँग कुरा गर्न खोज्दा सबैले पाएको भन्ने मुख्य सहायक प्रशिक्षक श्रेण्ठले बतायो भन्ने कुरा बोले । यता रकम नपाउने खेलाडीमा आर्मीका १३ खेलाडीले पनि खुलेर बोल्न सकेका छैनन् । एउटा खेलाडी पाएको थोरै थारै बाँकी छ भन्दा अर्को खेलाडी अहिलेसम्म नपाएपनि लिन आउन भनेको बताउछन ।

आखिर खेलाडी आफ्नो अधिकारमा आएको कुरा जुन उनीहरुले पाउनुनै पर्छ, त्यो हात पार्नका लागि पनि किन डराउछन, वा किन हिचकिचाउछन । यदि पुरा भत्ता नपाएका खेलाडीले समयमा नै परिषद् वा कराँते संघमा निवदेन दिएको भए, यो घटना पहिले नै सल्टिसक्थ्यो होला ।

खेलाडीपनि दुईटा बोली बोल्ने पनि देखियो । माथिल्ला निकायका पदाधिकारीबाट डराउने भएर नै होला उनीहरु खुलेर बोल्न सक्दैनन् । यति बेला आफुले नपाएको रकमका लागि परिषद्मा कुनैपनि खेलाडीले निवदेन दिएमा यो बिषयमा काम कारवाहि अगाडी बढाउन सजिलो हुने परिषद्को भनाई छ । तर खेलाडी नै चुप लागेमा कसरी कामकारवाहि गर्ने भन्ने कुरा कुलबहादुर थापाको छ । हुन पनि हो, मर्कामा परेका खेलाडी नै चुप बसेमा उनीहरुको भित्रि पिडा कसले थाहा पाउने ।

खेलाडीको भत्तालाई दुरुपयोग गरेको यो एउटा सानो उदाहरण हो । खेलाडीको नाममा कस्ता कस्ता घटना भएका छन, त्यसका बारेमा आगामी दिनमा फेरी सार्वजनिक हुनेनै छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal