सागकाे प्रशिक्षणमा रहेका खेलाडीकाे भत्ता प्रशिक्षक मिलेर ‘झ्वाम’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२३
  • |
  • 411 पटक हेरिएको

नेपालमा आयोजना भएको दक्षिण एशियाली खेलकुद साग सकिएको नौ महिना भइसकेको छ । तर अझैं पनि सागका लागि क्याम्पमा परेका अधिकांस खेलाडीले पाउनुपर्ने दैनिक भत्ता पाएका छैनन् । कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठको चतुर्याई र बदमासीका कारण खेलाडीले आफ्नो हकमा परेको भत्ता हात पार्न सकेका छैनन् ।

तर खेलाडीको भत्ता दिनका लागि भनिएको बजेट विनियोजन भएर, त्यसको पेस्की पनि फर्स्याेट भइसक्दा पनि खेलाडीले पुरा रकम पाएका छैनन् । यसमा खेलाडी पनि तै चुप मै चुप भएका छन् भने न संघले नै चासो देखाएको छ, नत परिषद्ले नै त्यसलाई कुनै वास्ता गरेको छ । हुनपनि खेलाडीले आफुले नपाएको रकम पाएनौं भनेर खुलेर बोल्नुको सट्टा चुपचाप बसेका छन् ।

नेपालले तेस्रो पटक सागको आयोजना गर्दा कराँतेलाई पनि समावेश गरिएको थियो । सागमा पदकको ठुलो अपेक्षा गरिएको कराँतेले तीन महिना अगाडी देखि तयारी सुरु गरेको थियो । जसका लागि ९८ जनालाई पहिलो चरणमा बन्द प्रशिक्षणमा बोलाएको थियो । जसका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको दैनिक भत्ता १३ सय रुपैयाँ दिएको थियो ।

परिषद्ले खेलाडीलाई दिएको रकम मुख्य सहायक प्रशिक्षक दिपक श्रेष्ठको नाममा निकालिएको थियो । मतलव परिषद्बाट आउने भत्ताको रकम दिपक श्रेष्ठको नाममा निकालिएको थियो । जसका कारण पेस्की फस्र्यौट गर्न सजिलो होस भनेर ।

सागका लागि खेलाडी चरणबद्द रुपमा बाहिरीदाँ कोहि काठमाडौं बाहिरका थिए भने कोहि काठमाडौं छेउछाउका । बाहिरका खेलाडीलाई क्याम्पबाट आउट भएपछि घर फर्किदा अहिले बजेट आएका छैन, आएपछि पठाउँछु भनेर आश्वासनमा पारियो । जसमा कम्तिमा १५ दिनको दैनिक भत्ता खेलाडीले नबुझेर फर्किए ।

त्यसपछि पनि खेलाडीले बारम्बार रकम माग्दा अहिले नआएको भन्दै खेलाडीलाई पन्छ्याएको नाम नभन्ने सर्तमा भत्ता नपाएका एक खेलाडीले बताए ।

अन्तिममा खेलाडीलाई मलेसिया प्रशिक्षणका लागि लगिएको थियो । त्यो बेलापनि सबै खेलाडीलाई चाहिने किट्सहरु दिनुपर्ने थियो । तर कुनैपनि खेलाडीले पुरा किट्स पाएनन् । हरेक खेलाडीलाई एउटा न एउटा सामाग्री कम दिइयो । त्यो बेला मलेसियामा नेपाल पुगेपछि सबैले पाउने भन्ने आश्वासन दिएकोमा प्रतियोगिता सकिएको नौ महिना हुँदासम्म पनि खेलाडीले पुरा किट्स भने नपाएकाे गुनासाे गर्ने गरेकाे सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठले बताए ।

रकमको हिसावमा मसँगै मैले अगुवाइ गरेकाे टिममा पुलिसका खेलाडीले पाएको तर अझैपनि केहि खेलाडीले भत्ता नपाएको भन्ने गुनासो कता कता सुन्नमा भने सुनिएकाे मण्डेकाजीले बताए ।

यता ११ औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण पदक विजेता विनोद महर्जन, जो १३ औं सागमा पनि टिममा रहेका थिए । उनले पनि आफुले क्याम्पमा बस्दाको पुर्ण रकम नपाएको बताए । नेप्लेजसँगको कुराकानीमा उनले १५–१७ दिनको भत्ता नपाएको बताए । दिन्छु दिन्छु भन्दा भन्दै यत्रो महिना भइसक्यो, अहिलेसम्म आएको छैन, अहिले त त्यो रकमको आशा पनि मरिसक्यो । भन्दा भन्दा वाक्क भएर अहिले त फलो नै गर्न छोडेको बताए । मुख्य प्रशिक्षक र प्रमुख सहायक प्रशिक्षकको मिलोमतोमा धेरै खेलाडीको भत्ता खाएको बताए ।

प्रशिक्षण क्याम्पको भत्ता नपाउने खेलाडीमा आर्मीका १४ खेलाडी रहेका छन् । उनीहरुलाई विभिन्न तरिकाले आश्वासन र धम्की दिएर रकम दिन नमानेको एक खेलाडीले नाम नराख्ने सर्तमा बताए । उनले अहिलेसम्म ४५ हजार रुपैयाँ जति आएको र बाँकी १५ हजार भन्दा माथि रकम नपाएको बताए । दिन्छु दिन्छु भन्नुहन्छ प्रशिक्षक, तर अहिलेसम्म पाएका छैनौ, आर्मीका १३ खेलाडीले कसैले पनि पुरा रकम नपाएको र विभाग बाहिरका खेलाडीको हालत पनि आफुहरु जस्तै रहेको तीन खेलाडीले बताए ।

प्रशिक्षक उप्रेतीले कति रकम खेलाडीको प्रशिक्षणबाट घोटाला गरेको भन्ने एकिन तथ्यांक नभएपनि कम्तिमा १० लाख रुपैयाँ खेलाडीको भत्ताबाट प्रयोग गरेको बुझिएको छ । दैनिक डाइट खानका लागि खेलाडीलाई चाहिने रकम नदिँदा खेलाडी निराशमात्र भएका छन् ।

सरकारले नै खेलाडीको सुविधाका लागि दिएको रकम नै हिनामिना गर्दा पनि परिषद्मा हिसाव भने पुर्ण रुपमा बुझाइएको छ । जसका कारण पनि परिषद्ले यसको पत्तो नै पाउन सकेको छैन ।

यतिमात्र होइन, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठसँग यो विषयमा बुझ्दा मैले कता कता सुनेको हो, तर कुनैपनि खेलाडीले आधिकारीक रुपमा यो विषयमा निवदेन नदिएको र खेलाडी नै चुप लागेर बस्दा कसैलाई सुनेको भरमा के गर्न मिल्छ र भनेर प्रतिप्रश्न गरे ।

यदि कुनै खेलाडीले उजुरी गरेमा वा लिखित निवदेन दिएमा यो विषयमा सम्बन्धित पक्षसँग कुरा गर्न सकिन्छ, तर पिडित पक्ष नै चुप बसेपछि के गर्न सकिन्छ । जुन प्रशिक्षकले खेलाडी उत्पादन गर्नका लागि ध्यानु दिनुपर्ने हो, त्यहि ब्यक्तिले नै खेलाडीलाई आएको रकम नै झ्वाम पारेपछि कसरी त्यो खेलको विकास हुन्छ, कुरा स्पष्ट छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey