प्रतिशाेधले दिलाएकाे कुमार राईको सफलता (फ्ल्यास ब्याककाे पहिलाे अंक)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२१
  • |
  • 321 पटक हेरिएको

नेपालको महिला भलिबलको स्तर यहाँसम्म आउनुमा कुमार राईको प्रत्यक्ष योगदान छ । न्यू डायमन्ड क्लबका यी प्रशिक्षकले महिला भलिबलमा यस्तो क्रान्ति गरे कि अहिले राष्ट्रिय टोलीका मुख्य खेलाडीहरु उनैका उत्पादन हुन् । संखुवासभामा जन्मिएका राई भलिबल खेलाडी थिएनन् । खेल्नलाई उनको उचाइले पनि साथ दिएको थिएन । तर निश्चित रुपमा एउटा प्रशंसक थिए ।

२०४५ सालमा आईए पढ्न काठमाडौं आएयता राजधानीलाई नै कर्मथलो बनाए । २०४८ देखि १३ वर्षसम्म राजधानीकै एउटा निजी बिद्यालयमा अध्यापन गराएका कुमार सरको भलिबलको सफलता प्रतिशोधबाट जन्मिएको हो । आफूले अध्यापन गराएको बिद्यालयमा भलिबल टिम खडा गरी प्रतियोगितासमेत आयोजना गर्दा भएको आर्थिक क्षति ब्यहोर्न बिद्यालय प्रशासन तयार नभएपछि राईले बिद्यालयबाट बाहिरिए । त्यतिबेलासम्म जीवनको ठोष लक्ष्य थिएन ।

हङकङ आइडी त्यागेर मास्टरी गरी बसेका यी बेलायती लाहुरेका छोराले यसैलाई जीवन विताउने माध्यम बनाउने निधो गरेका थिए । तर समय सधैं उनी अनुकुल रहेन । एउटा बिद्यालयबाट राजीनामा दिएपछि आफैले टिम बनाएर अर्को बिद्यालय खोले २०६२ सालमा । त्यसबाट रोजगारी त भयो । भलिबलको भोट मेटिएन तर रस बसिसकेकाले चटक्कै छाड्न सकेनन् । अहिलेको चन्द्रागिरी नगरपालिकामा पर्ने स्थानमा उनले भलिबल खेल प्रशिक्षण सुरु गरे । एकपछि अर्को सफलताको आधार त्यही“ बन्यो ।

२०६६ सालमा २ लाख राशीको एउटा प्रतियोगिता खेल्न बिदेशी खेलाडी अनुबन्ध गरेर २ लाख नै घाटा ब्यहोरेपछि उनी नेपाली खेलाडीलाई नै कसरी सक्षम बनाउन सकिन्छ भन्ने लक्ष्य निर्धारण गर्न लागे । त्यसको तीन वर्षपछि रमिला तन्डुकार नेतृत्वको न्यू डायमन्ड टिमले एनभीए कप क्लब राष्ट्रिय लिग भलिबलको उपाधि जित्यो । यो नै टिमले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो आधिकारिक सफलता हो । रमिला तन्डुकार, प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भन्डारीजस्ता राष्ट्रिय प्रतिभा उत्पादनको श्रेय राईलाई नै जान्छ ।

२०७६ मंसिरमा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदतर्फ महिला भलिबलमा नेपालले ऐतिहासिक रजत जित्दा रमिलाबाहेक ३ खेलाडीको मुख्य भूमिका थियो । आफ्ना उत्पादनले दक्षिण एसियाली स्तरमै सफलता पाएकोमा उनी दंग छन् । तर राई यतिमै रोकिने वाला छैनन् । किनभने जुनसुकै कामलाई पनि सुरुआत गर्न सजिलो छ तर गरिरहन निकै कठिन छ ।

करिव डेढ दशकदेखि खेलाडी उत्पादनमा दृढ रहेका राईको लक्ष्य र योजनाहरु पनि समयअनुसार परिवर्तन भइरहन्छन् । सुरुमा आफ्ना खेलाडीले स्कुलस्तरको प्रतियोगिता जित्दा दंग हुन्थे, अहिले राष्ट्रिय प्रतियोगितामा च्याम्पियन हु“दा पनि उनको सफलताको भोक मरेको छैन । उसो भए तपाई कस्तो सफलताबाट सन्तुष्ट हुनुहुन्छ त ?

हेराै तिनै कुमार राईसँगकाे फ्ल्यास ब्याककाे पहिलाे इपिसाेडमा गरिएकाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal