पारसले छक्का प्रहार गरेकाे बल ४५ मिनेटसम्म हिलाेमा खाेज्न जाँदा !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२०
  • |
  • 321 पटक हेरिएको

विश्व खेलकुदमा हामीले निकै फरक फरक किसिमका समर्थक देखेका छौ । कोहि पुरै टिमको समर्थक हुन्छन भने कोहि एउटा खेलको । भारत पाकिस्तान क्रिकेट टिमका डाइहार्ट समर्थकको कथा हामीले निकै सुनेका छौ । तर नेपाली क्रिकेट टिमका पनि केहि यस्ता समर्थक छन, जो नेपालले जहाँ खेल्दापनि सकेसम्म पुग्छन । आफ्नो टिमको हौसला बढाउनका लागि देशमा मात्र होइन विदेशमा पनि पुग्ने गरेका छन । त्यस्तैमा एक हुन उत्सव सिग्देल ।

सिग्देल नेपालले डिभिजन पाँचदेखि टी २० विश्वकप खेल्दा होस या पहिलो पटक एकदिवसिय सिरीज खेल्दा होस, त्यसको प्रत्यक्षदर्शी बनेका छन । नेपालमा बस्दा कीर्तिपुर मैदानमा पुगेर नेपालले खेलेको हेर्न पुग्ने उत्सव त्यसपछि विचमा अमेरीका पुगे । अमेरीका जाँदापनि उनले नेपाली क्रिकेटको समर्थन गर्न भने छोडेनन् । नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन तीन खेल्न बर्मुडा जाँदा उनी त्यहि टिमको समर्थन गर्न पुगेका थिए । विमानस्थलबाट सोझै नेपालको खेल हेर्न मैदान पुगेका उनको नेपालले डिभिजन तीनको उपाधि जित्दाको कहानी निकै फरक छ ।

अरु समर्थकहरुसँगै नेपालको झण्डा बोकेर चौका छक्का प्रहार गरेर उफ्रिरहेका हुन्थे भने खेलको अन्तिममा त्यो खेलको बल कलेक्सनका लागि दौडिन्थे । यस्तैमा नेपालले युगान्डालाई फाइनलमा हराउँदा अन्तिम शरद भेषवाकरले चौका प्रहार गरेको बललाई उनले हात पार्न सफल भएका थिए । अरु खेलाडी खेल सकिएपछि मैदानमा खेलाडीसँग खुसी साट्न पुगेका थिए भने उनी त्यो बाउन्ड्रि प्रहार गरिएको ठाँउ तिर बल समात्न दौडिएका थिए । त्यो बेला उनले विनिङ बललाई लिएर सबै खेलाडीको हस्ताक्षर लिएका थिए ।

त्यसपछि टी २० विश्वकप हेर्न बंगलादेश पुगेका उनी बेलायतमा एमसीसीसँगको र नेदरल्याण्ड्समा भएको पहिलो एकदिवसीय सिरीज हेर्न समेत पुगेका थिए । फरक यति थियो की पहिले उनी एक्लो यात्रा गर्थे भने अहिले श्रीमान, श्रीमती नै क्रिकेट हेर्न बेलायत र नेदरल्याण्ड्स पुगेका थिए ।

पारसले अर्धशतक बनाउदा छक्का प्रहार गरेको बल समात्न पोखरीमा हाम फाल्दा

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले जित निकाल्दा जति खुसी खेलाडी थिए, त्यति नै त्यहाँ उपस्थित समर्थक थिए । त्यहि भिडमा थिए उत्सव, समर्थकका लागि एउटा निश्चित स्थान तोकिएको भएपनि उत्सव भने मौका छोपेर मैदानको वरपर घुमिरहन्थे । यस्तैमा दोस्रो खेलको पहिलो पारीमा नेपाल ब्याटिङ गरिरहेका बेला पारस खड्काले अर्धशतकका लागि प्रहार गरेको बल मैदान बाहिर गएर नजिकै रहेको पोखरीमा पुग्यो ।

अम्पायरले अर्को बल प्रयोग गरेर खेल सुचारु गरे । तर उत्सव त्यो बल लिनका लागि पोखरीमा नै हाम फाले । उनले त्यो बल खोज्नका लागि पानी र हिलो सम्मिलित ठाँउमा करिव ४५ मिनेट विताए । त्यो दलदलबाट उनले मेहेनत गरे बल हात पारे । पछि त्यहि बलमा उनले खेलाडीको अटोग्राफ लिएर राखेका थिए ।

त्यसपछि नेपालले बलिङ गर्दा सोमपाल कामीले नेपाललाई दिलाएको पहिलो विकेटको बल पनि उनले हात पार्न निकै कोशिस गरे । सोमपालले बोल्ड गरेको सो बलपछि नेदरल्याण्ड्सका खेलाडी बाउन्ड्रि बाहिर पठाएका थिए । त्यो बेल मैदान भिएआर मैदान नजिकै रहेको झारीमा पुगेको थियो । जसलाई खोज्न उनी दौडीएका थिए, तर अर्को एक जना कुहिरेले हात पारे । तर उनले त्यो बललाई लिनका लागि ५० यूरोको प्रस्तावपनि गरेको तर उनले नमानेको उत्सवले नेप्लेजसँग बताए ।

नेपाली क्रिकेट टिमको नाममा म्यूजियम खोल्ने योजना

उत्सवसँग नेपाली क्रिकेटसँग सम्बन्धित धेरै चिनारीहरु रहेका छन । पछिल्लो पटक नेपालले हात पारेका सफलताका हरेक चिनारी उनले संकलन गरेका छन । चाहे त्यो करण केसीले क्यानडाविरुद्ध खेलेको ब्याट हो या पहिलो एकदिवसिय खेलको बल, पहिलो जित निकाल्दा कप्तानको जर्सी ।

यस्तै यस्तै मेमोरीलाई उनले संकलन गरेर दुई बाकस भरिसकेका छन । उनी भन्छन, अझै आगामी दिनमा खेलाडीको चिनोहरुलाई संकलन गर्ने क्रम जारी नै रहने र भविष्यमा सानो म्युजियम जस्तो बनाउने योजना रहेको बताउछन ।

नेपालले नराम्रो गर्दा आलोचना गर्न पछि नपर्ने उनी जितमा खुसीको कुनै सिमा हुँदैन । नेपालले कुनैपनि अन्तराष्ट्रिय खेल खेलिरहेको छ भने उल्टो समय हुँदापनि रातभरी ब्युझिएर खेल हेर्ने गर्छन ।

उत्सव जस्तै अरु धेरै नेपाली क्रिकेटका खरो समर्थक छन, जो नेपाली क्रिकेटको विकाश होस भन्ने चाहन्छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey