खेलकुद ऐन कुनै धर्मग्रन्थ होइन : उपाध्यक्ष काेइराला

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१९
  • |
  • 253 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त उपाध्यक्ष शिब कोइराला (ज्वाला) हालै कार्यन्वयनमा आएको खेलकुद विकास ऐन २०७७ कुनै धर्मग्रन्थ नरहेको टिप्पणी गरेका छन् । नयाँ खेलकुद विकास ऐन कार्यान्व्यन गर्ने पहिलो चरण अन्तर्गत राखेपको उपाध्यक्षमा नियुक्त भएका कोइरालाले भने ‘ऐन धर्मग्रन्थ गीता होइन, यो समय अनुसार परिमार्जन गर्न सकिन्छ ।’ नयाँ ऐनले खेलकुदमा गणतन्त्र आएको बताउँदै अब सामूहिक नेतृत्वमा राखेप अघि बढ्ने विश्वास व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको शुभ कामना तथा बधाई ज्ञापन कार्यक्रममा उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदका विकासका लागि आफू सधै तयार रहेको र आफ्नो चार वर्षे कार्यकाल स्मरणयोग्य बनाउने पनि प्रष्ट पारे ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले ऐन आउनु आफैमा स्वागतयोग्य कुरा भए पनि यसका केही प्रावधानहरु अलि नमिलेको संकेत गरेका थिए । उनले ऐनले नेपाल ओलम्पिक कमिटीलाई अलि बढी महत्व दिएको तर्फ संकेत गर्दै यसलाई सच्याउनु पर्नेमा जोड दिए । नेपाली खेलकुदको विकासका लागि अहिलेको राखेपको नेतृत्वबाट ठूलो अपेक्षा रहेको पनि उल्लेख गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal