पारस र सोमपालले ‘ड्र’ गराएको त्यो डेब्यु एक दिवसीय सिरिज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१९
  • |
  • 207 पटक हेरिएको

काठमाडौं । आईसीसीले ४ वर्षका लागि एक दिवसीय मान्यता दिएपछि २ वर्ष अघि नेपालले नेदरल्याण्डविरुद्ध एक दिवसीय सिरिजमा डेब्यु गरेको थियो । २ म्याचको एक दिवसीयमा दुवै टिमले एक एक खेल जित्दै सिरिज बराबरी गरेको थियो ।

पहिलो एक दिवसीयमा १९० रनको लक्ष्य पछ्याउन नसक्दा ५५ रनले पराजित भएको थियो । तर, त्यसको २ दिन पछि भने नेपालले २१६ रन रक्षा गर्दै नेदरल्याण्डलाई १ रनले पराजित गरेको थियो ।

डेब्यु एक दिवसीयमा ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेलेका थिए । उनी ५१ रन बनाएर आउट भएका थिए । पहिलो खेलमा पराजित भएपछि नेपाललाई दोस्रो एक दिवसीय जित्नै पर्ने दवाव थियो । सिरिज बराबरी गर्नका लागि पनि जित्नै पर्ने दवाबका बीचमा मैदान उत्रिएको नेपालले नभन्दै एक रनको रोमाञ्चक जीत हात पारेको हो । उक्त खेलमा अलराउण्डर सोमपाल कामी र कप्तान पारस खड्काको प्रर्दशन उत्कृष्ट रह्यो । कप्तान पारस खड्काले ६९ बलमा २ छक्का र ६ चौकाको मद्दतले ५१ रन जोडेका थिए ।

त्यसपछि नेपालकै अलराउण्डर कामीले ४६ बल फेस गर्दा ६१ रनको विस्फोटक पारी खेले । तीन छक्का र पाँच चौका प्रहार गर्दै नेपालको स्कोर २०० रन कटाउन योगदान गरेका थिए ।

कामीले बलिङ तर्फ पनि एक विकेट लिएका थिए भने कप्तान खड्काको नाममा पनि एक विकेट नै रह्यो ।  नेदरल्याण्डलाई नेपालविरुद्ध सिरिज क्लिनस्वीप गर्नका लागि ६ रनको आवश्यकता थियो भने नेपाललाई सिरिज बराबरी गर्नका लागि एक विकेटको आवश्यकता रहेको थियो ।
त्यतिबेला कप्तान पारस खड्काले आफै बलिङ गर्ने निर्णय गरे । क्रिजमा थिए नेदरल्याण्डका फ्रेड क्लासेन र पौल भान मिक्रेन । अन्तिम ओभरको पहिलो बलमा पारसविरुद्ध क्लासेनले एक रन लिए ।

त्यसपछि क्रिजमा आएका मिक्रेनले दोस्रो बलमा रन लिन सकेनन् । तेस्रो बलमा एक रन लिँदै क्रिजमा आएका क्लासेनले चौथो बलमा २ रन लिँदै नेपालमाथि दबाब बढाए । पाँचौं बल भने डट राख्दै पारसले नेपालीहरुको आशा कायमै राखेका थिए ।

अन्तिम बलमा नेदरल्याण्डलाई जितका लागि २ रनको आवश्यकता रहेको थियो । कप्तान खड्काको सुझबुझ पूर्ण बलिङका कारण नेदरल्याण्डले त्यो रन लिन सकेन । अन्ततः क्लासेनको विकेट उनै खड्काले रनआउटको रुपमा लिन सफल भए र नेपालले सिरिज एक एक को बराबरीमा टुंग्यायो ।
त्यो सन् २०१८ को अगस्ट तीन तारिख अर्थात आजकै दिन हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey