अधुरा कामहरु पूरा गर्नेछु– सदस्य सचिव सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१४
  • |
  • 211 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले एक वर्षे कार्यकालमा पूरा गर्न नसकेका कामहरु बाँकी कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सदस्य सचिव सिलवालले वितेको एक वर्षमा खेलकुद बुझ्न सफल भएको र अबको कार्यकालमा यो क्षेत्रलाई विश्वमाझ चिनाउने प्रयास गर्ने बताए ।

गत वर्ष राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद विकास ऐन लागु भएपछि पदमुक्त भएका थिए । नयाँ ऐन अनुसार उनलाई मन्त्रि परिषद्ले सोमबार पुनः सदस्य सचिवको जिम्मेवारी दिएको थियो ।

‘चार वर्षे कार्यकालमा खेलकुद जगतलाई ठीक दिशामा लैजानका लागि जुन जिम्मेवारी प्रदान गर्नु भएको छ, त्यो जिम्मेवारीलाई इमान्दार रुपमा कर्तब्यनिष्ठ भएर पूरा गर्नेछु,’ मन्त्रि परिषद्लाई धन्यवाद दिँदै सदस्य सचिव सिलवालले भने ।

‘यो चार वर्षको कार्यकालमा खेलकुदको माहोल बनाउन र खेलकुदलाई प्राथमिकताको क्षेत्र बनाउन काम गर्नेछु ।’

उनले आफ्नो गतिविधिमा सुशासन र पारदर्शीता कायम राख्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey