Mega Bank

सदस्यसचिवकाे स्वागतमा साढे ९ बजे कार्यालय आउन राखेपमा उर्दी!

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०४-१३
  • |
  • 77 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपकाे उपाध्यक्ष र सदस्यसचिवकाे रुपमा शिव काेइराला र रमेशकुमार सिलवालले आज सपथ लिँदैछन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा  सपथ ग्रहण गराउने कार्यक्रम छ ।

दुवैलाई हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले नियुक्त गरेकाे थियाे । सपथग्रहणकाे समय अहिले नताेकिए पनि राखेपका कर्मचारीलाई भने साढे ९ बजे परिषद्काे कार्यालय त्रिपुरेश्वरमा विहान साढे ९ बजे उपस्थित हुन भनिएकाे एक कर्मचारीले जानकारी दिए । उपाध्यक्ष र सदस्य सचिवले सिंहदरबारमा सपथ लिएपछि पदभार ग्रहण गर्ने त्रिपुरेश्वर आउने भएकाले कर्मचारीलाई ‘स्ट्याण्ड बाइ’ राखिएकाे हाे ।

सिलवालले सदस्यसचिवकाे रुपमा दाेस्राे कार्यकालका लागि सपथ लिन लागेका हुन् । यसअघि गत असार २३ गते ४ वर्षे कार्यकालका लागि सदस्यसचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन लागू भएपछि १ वर्ष नपुग्दै पदमुक्त भएका थिए । नेकपा निकट नेपाल खेलकुद महासंघका सहसंयाेजक काेइरालाले संबैधानिक निकायमा नियुक्ति पाएकाे याे पहिलाे पल्ट हाे । यसअघि पिताम्बर तिम्सिना पनि ऐनकै कारण अवधि नसकिँदै पदमुक्त भएका थिए ।

भर्खरै

Advertisement