राखेप सदस्य सचिवको नियुक्ति आज, बैठक ५ बजे बालुवाटारमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१२
  • |
  • 283 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिव नियुक्त आज हुने सम्भावना रहेको छ । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सदस्यसचिवसहित पूर्व पदाधिकारीहरु पदमुक्त भएका थिए ।

त्यसपछि युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव छनोट समिति गठन गरिएको थियो । उक्त समितिमा २७ जनाले आवेदन दिएकोमा तीनजनाको नाम सर्ट लिस्ट गरेर युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई बुझाइएको छ । र उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पनि पुगिसकेको छ ।

तीन जना सिफारिस हुनेमा अन्जु श्रेष्ठ, निवर्तमान सदस्य सचिव रमेश कुमार सिलवाल र लिलबहादुर थापा रहेका छन् । अब यी तीन जनाबाट एक जनालाई मन्त्रिपरिषद्ले राखेपको १९ औं सदस्यसचिवको रुपमा नियुक्त गर्ने छ । मन्त्रिपरिषद्को नियमित वैठक आज अपरान्ह ५ बजे बस्ने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्ने छ ।

यसअघि सदस्यसचिव नियुक्ति राजनीतिक रुपमा गर्दा खेलकुदमा राजनीति हावी भएको भन्दै नयाँ खेलकुद ऐनले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गरेको थियो । सोही प्रावधान अनुसार पहिलो पटक सदस्य सचिव खुला प्रतिस्पर्धाबाट हुन लागेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal