दोस्रो खेलमा पनि नेपालले हङकङलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 238 पटक हेरिएको

माघ १५, हङकङ । हङकङसँगको दुई मैत्रीपूर्ण भलिबल खेलको श्रृङखला नेपालले २–० ले आफ्नो पक्षमा पारेको छ ।

सोमबार भएको खेलमा नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो ।

यान चाउ कोक स्पोर्टस सेन्टरमा भएको खेलमा सुरुआती दुई सेट नेपालले क्रमसः २५–१६ र २५–१४ ले जित्यो । तेस्रो सेट २८–२६ ले गुमाएको नेपालले चौथो सेटमा पुनरागमन गर्दै २७–२५ ले आफ्नो पक्षमा पारेको हो ।

३४ वर्षपछि पहिलो पटक भएको भेटमा नेपालले दुवै दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेर उत्साहित बनेको छ । नेपाली टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal