अनु अधिकारी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१०
  • |
  • 673 पटक हेरिएको

१३ औं दक्षिण एशियाली खेलकुद सागकी स्वर्णपदक विजेता तथा आसन्न टोकियो ओलम्पिकमा वाइल्डकार्ड मार्फत खेल्ने तयारीमा रहेकी अनु अधिकारीलाई नेपाली कांग्रेशको खेलकुद विभागले सम्मान गरेको छ ।

अनु आफ्नो जम्नथलो नुवाकोटमा सम्मानित भएकी छिन् । उनलाई नेपाली काँग्रेस खेलकुद विभाग नुवाकोट शाखाले शनिबार नगदसहित सम्मान गरेको हो ।

उनलाई कांग्रेश खेलकुद विभागका सदस्य राजु कडेलले सम्मान गरेका हुन । सागमा अनुले कुमुतेमा नेपालका लागि स्वर्ण जितेकी थिइन । जसमा उनले १० हजार रुपैयाँ पनि प्राप्त गरेकी छिन ।

टोकियो ओलम्पिकको तयारीमा भइरहेका बेला कोरोनाका कारण केहि महिना प्रशिक्षण गर्न नपाएका करातेकी अनुले फेरी प्रशिक्षण सुरु गरेकी छिन । उनलाई सागका पूर्व स्वर्णपदक विजेता दिपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey