खेलकुद विकास ऐन २०७७ मा काँग्रेसको आपत्ति

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०६
  • |
  • 247 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । हालै कार्यान्व्यनमा आएको खेलकुद विकास ऐन २०७७ मा नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नयाँ ऐन आउनु आफैमा सकारात्मक कुरा भएपनि ऐन भित्र रहेका केही प्रावधानहरु गलत मनासायका साथ आएको ठहर काँग्रेसको छ ।

हालै काँग्रेसले गठन गरेको खेलकुद विभागका प्रमुखसमेत रहेका नेता मोहनबहादुर बस्नेतले भने ‘ऐनले ओलम्पिक कमिटीलाई अलि बढी छाडा छाडेको छ, यसले भविष्यमा गलत नजिर बस्ने छ ।’

अहिलेको प्रावधान संविधानको भावना र मर्मविपरित रहेको बताए । नेपाल ओलम्पिक कमिटि राखेप अन्तर्गतकै एउटा खेल संघ भएपनि अन्तर्राष्ट्रिय सम्बन्धका कारण राखेपको प्रतिस्पर्धी संस्थाका रुपमा लिने गरिएको छ ।

ओलम्पिक कमिटि बाहेक अरु जम्मै खेलसंघहरुले विदेशबाट आर्थिक सहयोग ल्याउँदै अनिवार्य सरकारसँग स्वीकृत लिनु पर्ने व्यवस्था गरिएको छ । तर ओलम्पिक कमिटिकीकै अध्यक्ष जीवनराम श्रेष्ठ खेलकुद ऐन निर्माण गर्ने क्रममा रहेकाले उनकै कारण ओलम्पिकलाई बाहिर राखिएको काँग्रेस नेता बस्नेतले बताए ।

उनले भने ‘पहिला विदेशी सहयोगहरु पारदर्शी नहुँदा एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा फस्नु भयो, भविष्यमा जीवनराम श्रेष्ठ पनि फस्नुहोला भन्ने लागेको हो ।’

यस्तै अब खेलकुद सम्बन्धी संस्था दर्ता गर्न झन्झटिलो प्रक्रिया बनाएको बताएँदै अहिलेको ऐनमा भएको व्यवस्था सच्याउन पनि माग गरिएको छ ।

सागका पदकधारीलाई सम्मान
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरिने छ । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । ‘सुरुआतमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौं । उहाँहरुलाई १० दिन भित्रै सम्मान गर्छौं । साथीभाइहरुसंग छलफल गरेर छुटेकालाई पनि सम्झन्छौं ।’– प्रमुख बस्नेतले भने । एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।

खेलाडीको जीवन विमा
टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिकलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

सभापति कप आयोजना गरिने
नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने पनि जनाइएको छ । यस्तै, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न÷गराउन परिचालन गर्ने निर्णय पनि भएको छ ।

शहीद र नेताको नाममा प्रतियोगिता
विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।
विभागले स्व. बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखानसिं गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ र शहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

कर्मचारीको बढुवा गर
राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक खेलकुद संघ
नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

वडा तहसम्म खेलकुद

खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरुका प्रशिक्षकहरुको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाउन पहल गर्ने निर्णय गरिएको छ ।

खेलकुदको हिसाब खोइ ?

१३ औं साग खेल र नेपालगञ्जमा भएको ८ औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको हिसाव अहिलेसम्म सार्वजनिक नहुनु पनि गम्भीर कुरा रहेको काँग्रेसले बताएको छ ।

यसैगरी सागका बेला नेपाल ओलम्पिक कमिटी र भारतीय टी.भी. च्यानलहरु बीच भएको प्रशारण सम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौताको हिसाब देखाउन पनि माग गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey