सबै राष्ट्रिय टिमको अभ्यास भदौ १ देखि शुरुहुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०६
  • |
  • 249 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको नेपाली खेलकुद भदौ १ गतेदेखि सुरु हुने भएको छ ।

गत चैत ११ गतेदेखि शुरु भएको लकडाउनका कारण सवै ठप्प प्राय भएका बेला खेलकुद पनि प्रभावित भएको थियो । जसका कारण नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भएका थिए भने घरेलु प्रतियोगिताहरु पनि अनिश्चित समयका लागि स्थगित भएका थिए ।
सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य भएको घोषणा गरेपनि खेलकुदको अभ्यास भदौ १ गतेदेखि शुरु हुने भएको छ ।

नेपाली राष्ट्रिय टिमले गर्ने अभ्यास खेल तथा प्रारम्भिक छनोटका खेलहरुमा सहभागिता जनाउन पाउने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले भदौ एक गतेबाट अभ्यासका लागि अनुमति दिइएको जानकारी दिए ।

राष्ट्रिय टिमले आसन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यासको वातावरण बनेपनि घरेलु प्रतियोगिताहरु भने अझै सञ्चालन हुने छैनन् । यो निर्णयसँग फुटबल र क्रिकेट टिमले आसन्न प्रतियोगिताका लागि औपचारिक तयारी थाल्ने बाटो खुलेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey