ब्याटमिन्टन महासंघले लैंगिक समानताका लागि ३० प्रतिशत महिला राख्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०५
  • |
  • 608 पटक हेरिएको

विश्व ब्याटमिन्टन महासंघ (बीडब्लुएफ) ले नयाँ निति बनाएको छ । जसमा एउटा ब्यक्तिले चार पटकसम्म अध्यक्षको कार्यकाल खान पाउने नियम बनाएको छ ।

यसका साथै महासंघले जेन्डर इक्विटी गर्नका लागि ३० प्रतिशत महिला सदस्यलाई नियुक्ति गर्ने भएको छ ।

अनलाईनमार्फत भएको महासंघको विशेष साधारण सभामा आफ्नो विधानमा परिवर्तन गरेको हो ।

केहि समय अगाडी अन्तराष्ट्रिय ओलम्पिक कमिटीले महिलाको प्रतिनिधित्व पनि बढाउने भन्दै नयाँ नियम बनाएको थियो ।

त्यसैका आधारमा ब्याटमिन्टन महासंघले पनि महिला प्रतिनिधी बढाउने भएको हो ।

नयाँ नियम अनुसार ब्याटमिन्टन महासंघले आफ्नो मुनी रहेका सबै संघमा ३० प्रतिशत महिला अनिवार्य गर्नुपर्ने नियम बनाएको छ । जसले गर्दा लैंगिक समानता हुने विश्वास गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey