बार्सिलाेनाका अनाैठा ‘फ्यान’, जसकाे ओड्ने, ओच्छ्याउने र सिरानीमा नै बार्सा छ (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०४
  • |
  • 339 पटक हेरिएको

विश्व फुटबलमा कुनैपनि टिमको समर्थक हुनु नयाँ कुरा होइन, तर कुनै एउटा खेलाडी, टिमको डाइहार्ट फ्यान हुनु त्यति सजिलो छैन । तर विश्व खेलकुदमा यस्ता धेरै समर्थक छन, जो कुनै टिम वा क्लवको डरलाग्दो फ्यान छन । उनीहरु त्यो टिमको विरोध गरेको सुन्न चाहन्नन् । यतिमात्र होइन, सपनामा पनि त्यहि क्लवले खेलेको र जितेको देख्न चाहन्छन, यस्तैमा एक हुन सिताराम दाहाल ।

काभ्रे पाँच खालका सिताराम बार्सिलोनाका कस्ता फ्यान हुन भन्ने उनी बस्ने कोठाले देखाउछ । आफु बस्ने कोठामा हरेक ठाउँमा बार्सिलोनाका जर्सी, खेलाडीको तस्विरहरु राखेका छन । यतिमात्र होइन, उनले आफु ओड्ने ओक्ष्याउने, सिरानी पनि बार्सिलोना लेखिएको राखेका छन ।

आफ्नो कोठाको एउटा भित्तामा बार्सिलोनाको लोगो नै उनले पेन्ट गरेका छन । बार्सिलोना कै नोटबुक, चिया खाने कप लगायतका सबै कुरामा उनले आफ्नो प्रिय क्लवलाई छोडेका छैनन् । उनी भन्छन, कहिले काँहि निन्द्रा नलागेमा आफ्नो कोठामा रहेको बार्सिलोनाको तस्विर र जर्सीलाई हरेर सुत्ने गरेको सितारामको भनाई छ ।

हाल नेपालमा स्थापना रहेको बार्सिलोना फ्यान क्लवका सदस्य रहेका सितारामले कसरी यस्तो डाइहार्ट फ्यान भए भन्ने विषयमा नेप्लेजसँगको रमाईलो कुराकानी हेरौ यो भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey