राखेपको नयाँ सदस्य सचिव अबकाे मन्त्रिपरिषदले नियुक्त गर्ने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०१
  • |
  • 257 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । राष्ट्रिय खेलकुद परिषद्ले साेमबार नयाँ सदस्य सचिव पाउने सम्भावना रहेको छ । नयाँ खेदकुद विकास ऐन कार्यान्व्यनमा आएसँगै असार १७ गतेदेखि राखेपको कार्यकारी पद सदस्यसचिव रिक्त रहेको छ ।

तत्कालिन सदस्य सचिव खेलकुद विकास ऐन २०४८ अनुसार नियुक्त भएका थिए । कर्मचारीहरु स्वतः नयाँ ऐन अनुसार परिषद् मातहत आए पनि पदाधिकारीलाई भने नयाँ ऐनले नचिन्दा नयाँ प्रक्रिया शुरु गर्नु परेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सदस्यसचिव छनोट समिति गठन भएको थियो । उक्त समितिले आजसम्मको समय दिएर दरखास्त आह्वान गरेको थियो । अन्तिम दिनसम्म गरि २७ जनाले सदस्यसचिवका लागि दरखास्त परेको छ ।

सदस्य सचिव छनोट समितिको आफ्नै कार्यविधि रहेको छ । सोही कार्यविधि अनुसार दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएका २७ जनाको फाइल अध्ययन गरि एक जना महिलासहित ३ जनाको नाम मन्त्रालयमा पेश गर्ने छ ।

युवा तथा खेलकुदमन्त्रीले छनोट समिति स्वतन्त्र भएर काम गर्नका लागि नै कार्यविधि बनाएर अघि बढेको बताउँदै उसले गर्ने सिफारिसका आधारमा नयाँ सदस्यसचिव नियुक्त हुने बताए । कति दिन भित्रमा नयाँ सदस्यसचिव नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेश गर्नुहुन्छ त भन्ने नेप्लेजको जिज्ञाषामा मन्त्री विश्वकर्माले हामी पनि चाँडो भन्दा चाँडो सदस्यसचिव नियुक्तिको काम अघि बढोस भन्ने पक्षमा छौं ।

न्त्री विश्वकर्माले छनोट समितिले आइतबारसम्म काम सेकमा आफूले सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकमा सदस्य सचिव नियुक्तिका लागि सिफारिस लैजान सक्ने बताए । उनले भने ‘मन्त्रीले गर्ने काम त होइन । पहिला समितिबाट सिफारिस भएर आउनु पर्‍यो । त्यसपछि लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकमा नियुक्तिका लागि सिफारिस गर्छु ।’  समितिमा दरखास्त दिएका २७ जना मध्यबाट एक जना सदस्यसचिव बन्ने छन् ।

याे पनि

राखेपको सदस्यसचिवका लागि २७ जनाको दरखास्त (नामावलीसहित)

प्रधानमन्त्री ओलीकाे चाहना सिलवाल नै सदस्य सचिव, अर्काे साता नयाँ…

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey