Mega Bank

राखेपको सदस्यसचिवका लागि २७ जनाको दरखास्त (नामावलीसहित)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०४-०१
  • |
  • 80 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव बन्नका लागि २७ जनाको दरखास्त परेको छ । नयाँ खेलकुद ऐन आएपछि पहिलो पटक सदस्यसचिवको चयन दरखास्त आह्वान गरेर हुन लागेको हो । तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि स्वतः रिक्त भएको थियो ।

त्यसपछि युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सोही समितिले एक सातका लागि समय दिएर दरखास्त आह्वान गरेको थियो । आज दरखास्त दिने समय सकिएको मन्त्रालयले जनाएको छ । सबैजम्मा २७ जनाको दरखास्त परेको जनाइएको छ ।

जसमा निवर्तमान सदस्यसचिव सिलवालले पनि सदस्यसचिवका लागि दरखास्त दिएका छन् । उनले बुधबार निवेदन दर्ता गराएका थिए । सदस्यसचिवका लागि रोशन महर्जनले पहिलो नम्बरमा दर्ता गरेका थिए भने २७ औं नम्बरमा तेजबहदुर गुरुङले दर्ता गरेको युवा तथा खेलकुदमन्त्रालयका उपसचिव गणेश पौडेलले जानकारी दिए ।

दरखास्त दिनेहरुको नामावली
१.रोशन मर्हजन
२. अनिल अधिकारी
३. हर्कबहादुर राई
४. मिना श्रेष्ठ
५. शिबराज भट्ट
६. लिल बहादुर थापा मगर
७. रवि राजकर्णिकार
८. अचुतम लामिछाने
९. निलम सिंह ब्रजाचार्य
१०. रमेशकुमार सिलवाल
११. मेघराज पौडेल
१२. रामेश्वर श्रेष्ठ
१३. अच्युत खनाल
१४. मनबहादुर गुरुङ
१५. विजय कुमार गुरुङ
१६. सानुराजा केसी
१७. किशोर शाही
१८. अन्जु श्रेष्ठ
१९ सुदिल शाही
२०. रमेशमान डंगोल
२१. धु्रबराज न्यौपाने
२२. खेमराज अधिकारी
२३. राम पुडासैनी
२४. सुनिल नकर्मी
२५. रणबहादुर चन्द
२६. दिपेन्द्र ढकाल
२७ तेजबहादुर गुरुङ

भर्खरै

Advertisement