भुपेन्द्र इण्डियन ओपन बक्सिङको क्वाटरफाइनलमा, प्रेम र तेज बाहिरिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 249 पटक हेरिएको

माघ १५, नयाँदिल्ली । भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहको क्वाटरफाइनलमा पुगेका हुन् ।

दिल्लीको त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४ – १ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का बनाए । अब क्वाटरफाइनलमा भुपेन्द्रले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत सोमबार ४९ केजी तौल समूहका तेजबहादुर देउवा इन्डोनेसियाका खेलाडीसँग अंकको आधारमा पराजित भए । त्रिभुवन आर्मी क्लबका देउवा इन्डोनेसियाका इलाही इङगाटनसँग ४–१ ले पराजित भए ।

यस्तै पुरुषतर्फको ५२ केजी तौल समूहमा आर्मी क्लबका प्रेम चौधरी भारत ए टिमका सालोन्की गौरवसँग ५–० ले पराजित भए ।

२३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म एउटा काश्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठ सेमिफाइनलमा पुग्दै कम्तिमा काश्य पदक पक्का गरेकी हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey