वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-३१
  • |
  • 513 पटक हेरिएको

उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए।

वीरमानको गत असार १४ मा काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। राति सुतेका उनी आइतबार विहान मृत अवस्थामा भेटिएका थिए।

२०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी थिए। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।

उनी सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागीता जनाउन गएका थिए। तर उनले खेल्न पाएनन्। त्यसअघि उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey