‘सदस्यसचिवका लागि पहिलाे नम्बरमा दरखास्त दिएका राेशन महर्जनका प्रतिबद्धता’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-३१
  • |
  • 331 पटक हेरिएको

खेलकुद विकास ऐन २०७७ कार्यान्व्यनमा आएपछि अहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव को बन्ला भन्ने चौतर्फी चासोको विषय बनेको छ । नयाँ ऐन कार्यान्वयनमा आएसँगै पुरानो ऐन अनुसार नियक्त भएका सदस्यसचिव सहित सवै पदाधिकारी पदमुक्त भएका थिए ।

नयाँ ऐन अनुसार सदस्यसचिव नियुक्त गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले सचिवको नेतृत्वमा तीन सदस्यीय छनोट समिति नै गठन गरेको छ । उक्त समितिले एक साता भित्र दरखास्त दिनका लागि आह्वान गरेको छ । त्यो समय विहीबार पुरा हुँदै छ ।

वुधबारसम्म मन्त्रालयमा सदस्यसचिवका लागि दरखास्त दिनेको संख्या ११ रहेको जनाइएको छ । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले पनि दरखास्त दिएको बुुझिएको छ भने उनको दर्ता नम्बर १० रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

दर्ता नम्बर १ रहेका व्यक्ति हुन रोशन महर्जन ।  खेलकुदमा २०५० सालदेखि नै सक्रिय उम्मेदवार हुनु ।  ललितपुर महानगरपालिका वडा नं १७ का “रोशन महर्जन” | झन्डै ३ दशकको खेलकुदको अनुभवी महर्जनसंग, विगत २ दशकदेखि सुचना प्रविधि क्षेत्रको अनुभव रहेको छ साथै उनी निक्कै अनुभवी सुचना प्रविधिको विज्ञ तथा शिक्षा क्षेत्रमा २ दशकको अनुभव रहेको छ | स्नात्तकोत्तर सम्म  महर्जनले अध्ययन गरेका छन् ।

सानै देखि मार्शल आर्ट (सि ते रियो) खेलेका महर्जनले रोजेको खेलकुदको क्षेत्र भनेको शारीरिक सुगठन (Bodybuilding) हो | वि.सं. २०४८ सालदेखि आफ्नै टोल लुँखुसिको स्वाधीन वाचनालयमा फलाम उचाल्न थालेका उनले वि.सं. २०५० सालदेखि पाटनकै पहिलो जिम क्लब नाईन प्वाईन्ट हेल्थ क्लब (Nine Point Health Club) मा औपचारिक रुपबाट व्यायाम शुरु गरेका उनले सोहि सालदेखि नै शारीरिक सुगठन खेलको प्रतियोगिताहरुमा सहभागीता जनाउन थालेका महर्जनले शुरुवाती प्रतियोगीताहरुदेखी नै उत्कृष्ट स्थान प्राप्त गर्दै आइरहेका छन् | त्यस्तै बिगत १० वर्ष देखि नेपालकै सबै भन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरको कार्यसमितिको सदस्य समेत रही खेल र खेलाडीको लागि विभिन्न कामहरु गर्दै आईरहेका छन् |

वि.सं. २०७० सालमा शारीरिक सुगठन तथा फिटनेसको राष्ट्रिय स्तरको निर्णायकको लाईसेन्स प्राप्त गरेका महर्जनले नेपालमा खेलकुद र खेलाडीहरुको विकासको लागि धेरै पहिला देखि नै अवधारणा बनाउन थालेको बताएका छन् | निर्णायकको लाईसेन्स प्राप्त गरिसकेपछी थुप्रै राष्ट्रिय स्तरका प्रतियोगिताका साथै वि.सं.२०७५ मा पुनर्गठित International Federation of Bodybuilding  (IFBB) अन्तर्गतको नेपलिज फेडेरेसन अफ शारीरिक बडीबिल्डिङ एण्ड फिटनेस (Nepalese Federation of Bodybuilding and Fitness – NFBF) ले आयोजना गरेको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका समेत निभाईसकेका महर्जन दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष रहेका छन् | उक्त स्मरण रहोस; उक्त प्रतियोगितामा नेपालका खेलाडी उमेश राईले प्रथम स्थान हासिल गरेका थिए भने बंगलादेशका खेलाडीले दोश्रो स्थान हासिल गरेका थिए | लामो समय सम्म आफै खेलाडी रहिसकेका महर्जन खेल र खेलाडीलाई निक्कै नजिकबाट बुझेका व्यक्ति हुन् |

लामोसमयदेखि नेपाली खेलकुदमा सक्रिय रहेका महर्जनले सदस्यसचिवका लागि योग्यता पुग्ने भएकाले दरखास्त दिएको नेप्लेजलाई बताए । उनले भने ‘विगतमा राजनीतिक नियुक्ति हुने प्रावधान थियो, तर अहिले नयाँ ऐन अनुसार योग्यता पुगेका सवैले निवेदन दिन पाउने भएकाले दरखास्त दिएको हुँ ।’
आफूसँग राखेपको सुधारका लागि योजना पनि रहेको बताउँदै सदस्य सचिवका लागि आफू योग्य रहेको पनि बताए ।

राष्ट्रिय, अन्तराष्ट्रिय विकासक्रम, ज्ञान र अनुभवको आधारमा चार वर्षीय कार्यकालमा नेपालको खेलकुदलाई समय सापेक्षिक, आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न तपसिलका बमोजिमका बुंदाहरुलाई केन्द्रविन्दुमा राखी नेपालको खेलकुदलाई अर्को अध्यायमा पुर्याउन प्रतिबद्दता गर्दछु |

  • खेलकुदको परम्परागत संरचनालाई आमुल परिवर्तन गरि समय सापेक्षता पुन:संरचना गर्ने र यसको क्षमता अभिवृद्धि गर्ने |
  • बिकास र संवृद्धिका लागि बिकसित मुलुकहरुले खेल क्षेत्रका माध्यमबाट नागरिकहरुको स्वास्थ्य र तन्दुरुस्तलाई प्राथमिक रुपमा सम्बोधन गरेर सामाजिक रुपान्तरण, आर्थिक समुन्नती प्राप्त गरेका उदाहरणहरू प्रशस्त रहेको पाईन्छ तसर्थ यस्तो अभ्यासलाई मुलुकको खेलकुदको गुरुयोजना निर्माण गरेर बिशेष प्राथमिकता दिनेछु |
  • संचालनमा रहेका राम्रा कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिनेछु |
  • खेलकुद क्षेत्रलाई शैक्षिक एवं प्राज्ञिक रुपमा बिकास र विस्तार नगरेसम्म सामाजिक मान्यता, आर्थिक विकास, रोजगारिताको अवसर प्राप्त नहुने हुनाले यस क्षेत्रको डिग्री, उपाधि, प्रमाण पत्र अन्य विधा विषय सरह मान्यता प्राप्त हुन आवस्यक छ, यसका लागि खेलकुद विद्यालय, विश्वविद्यालय मुलुकमा स्थापना अपरिहार्यका लागि विशेष पहली कदम गर्नेछु |
  • निर्माण भईरहेको भौतिक पूर्वाधारहरुको मापदण्ड र गुणस्तरीय बनाउन विशेष पहल गर्ने र प्रान्त र स्थानीय तहसम्म खेलकुद पूर्वाधार मापदण्ड अनुरुप निर्माण र विकासको लागि पहल गर्ने|
  • साहसी र पर्यटकीय खेलकुदको विकास गरि राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने |
  • रास्ट्रको गौरव र प्रतिष्ठालाई अभिवृद्दी गर्ने |
  • खेलकुदका उच्च निकायहरुबीच समय समयमा उत्पन्न हुने विवाद तथा असमझदारीले खेलकुद विकासमा अवरोध गरिरहेको र त्यस्ता असमझदारीलाई यथाशिघ्र समाधान गर्नेछु |
  • अन्तराष्ट्रिय प्रतिस्पर्धामा पदक जित्ने आशा साँघुरिदै गईरहेको परिपेक्षमा मुलुकमा खेल बिज्ञान र प्रविधि विकासमा तत्परताका साथ् लागि पर्ने |
  • ईलेक्ट्रोनिक्स डीभाईस, ग्याजेट, मोबाईल आदिको कुलतमा फसिरहेको युवाशाक्तिहरुलाई बचाउन र नैतिक आचरण, व्यवहार, अमन चयन कायम गर्न सबै-भन्दा मितव्ययी र उपयुक्त Tools भनेको खेलकुद हो | तसर्थ प्रतिभाको खानि बिद्यालयहरुमा खेलकुदलाई अनिवार्य विषयको रुपमा पठन पाठन गराउन सके भविष्यका सन्ततिको सुरक्षा र मुलुकमा भविष्य सुनिश्चित हुने भएकोले यस तर्फ विशेष सरकारलाई प्रवद्धता गराउने पहल कदमी गर्नेछु |
  • खेलकुदमा महिलाहरुको सहभागिता न्यून रहेको र महिलाहरुको सहभागिता बृद्दी गर्नको लागि ठोस कार्यक्रम र योजना र परियोजना निर्माण गर्नेछु |
  • खेल बिधाहरुलाई प्राथमिकता अनुसार वर्गीकरण गरि बिकास विस्तार गरि बिशेष योजना बनाउने छु |
  • खेलाडीहरुको भविष्य सुरक्षाको लागि प्राथमिकताको आधारमा छुट्टै ठोस नीति र कार्यक्रम निर्माण गरि सहयोग र सुबिधा उपलब्ध गराउनेछु |
  • खेल संघहरुको मापदण्ड निर्माण गर्ने र वर्गीकरण र मापदण्डको आधारमा प्राथमिकतामा राखी सहयोग गर्ने नीति अवलम्बन गर्नेछु |

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal