Mega Bank

राखेप सदस्य सचिवमा सिलवालको दरखास्त, १० नम्बरमा दर्ता !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०३-३१
  • |
  • 85 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्यन सचिव रमेशकुमार सिलवालले दरखास्त दिएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

एक हप्ताको समय दिएर दरखास्त आह्वान गरिएकोमा उक्त मिति विहीबार पुरा हुँदैछ । नयाँ ऐन लागू भएसँगै तत्कालिन सदस्यसचिव सिलवाल पदमुक्त भएका थिए । त्यसपछि युवा तथा मन्त्रालयले सदस्यसचिव छनोटका लागि समिति गठन गर्दै उक्त समितिले एक साताको समय दिएर दरखास्त आह्वान गरेको थियो ।

आजसम्म ११ जनाको दरखास्त परेको मन्त्रालय स्रोतले जनाएको छ । इमेलबाट पनि दरखास्त दिन सकिने ब्यवस्था गरिएको भएपनि सिलवालको नामबाट हार्डकपी नै दर्ता भएको जनाइएको छ । उनको दर्ता नम्बर १० रहेको पनि बुझिाएको छ । दर्ता नम्बर एक भने रोशन महर्जनको रहेको छ । गत वर्ष असार २३ गते ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका सिलवाल नयाँ ऐन कार्यान्वयनपछि पद मुक्त भएका थिए ।
उनकै सक्रियतामा ऐतिहासिक १३ औं साग सफलता पूर्वक सम्पन्न भएकाले पनि उनलाई पुनः दोहो¥याउनु पर्ने आवाज खेल क्षेत्रमा उठ्ने गरेको छ ।

छनोट समितिले विहीबार ५ बजेपछि दरखास्त दिनेहरुको संख्या सार्वजनिक गर्ने जनाइएको छ ।
समितिले प्राप्त दरखास्तहरुबाट तीन जनालाई छनोट गरेर मन्त्रालयमा पेश गर्ने छ । तीन जनामा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले पेश गरेको सूचीका अधारमा मन्त्रिपरिषदले निर्णय गर्ने छ ।

भर्खरै

Advertisement