थ्री-स्टार अाहा रारा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 217 पटक हेरिएको

माघ १५ कास्की । सशस्त्र प्रहरीकाे एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्री-स्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा थ्री-स्टारले एपीएफलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हरायो । पूरै खेलमा थ्री-स्टारले एपीएफलाई दबाव दिए पनि गोल गर्न भने सकेन ।

जसका कारण दुबै टिमले निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेले । टाइब्रेकरमा सशस्त्रले तीन गोल गर्दा थ्री-स्टारले पाँचवटा प्रहार गोलमा परिणत भयो ।

सशस्त्रको एउटा प्रहार बाहिरीएको थियो । एक साता अगाडी इटहरी गोल्डकपको उपाधि जितेको थ्री-स्टारले यो प्रतियोगितामा पहिलो खेल हो । उसले सोझै क्वाटरफाइनल खेलेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey