तीन महिनापछि प्रशिक्षणमा फर्किए अनु र नवीन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१६
  • |
  • 397 पटक हेरिएको

जापानमा हुने टोकियो ओलम्पिक छनोटका लागि कराते खेलाडीले सामाजिक दुरी कायम गरेर र उचित सुरक्षा सावधानी अपनाएर प्रशिक्षण सुरु गरेका छन । ओलम्पिकका लागि वाइल्ड कार्डकाे सूचीमा रहेका नवीन रसाइली र अनु अधिकारीले प्रशिक्षण सुरु गरेका हुन् ।

करिव तीन महिनादेखि प्रशिक्षणविहीन बनेका खेलाडीलाई मंगलबारदेखि प्रशिक्षणमा बोलाएको हाे । जसलाइ प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन । प्रशिक्षक श्रेष्ठसँग कुरा गर्दा उनले खेलाडीको तापक्रम नापेर र फेस मास्क लगाएर प्रशिक्षण सुरु गरेको बताए । केहि दिन अगाडी श्रेष्ठले नै राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षण सुरू गर्नका लागि आग्रह गरेका थिए ।

जसमा ओलम्पिककाे तयारीमा रहेका खेलाडीलाइ तत्काल प्रशिक्षण गराउन सदस्यसचिव सिलवालले माैखिक अनुमती दिएका थिए । तर अझैपनि खेलाडीकाे श्वास्थ्य परिक्षणका लागि भने के गर्ने भन्नेमा एकिन छैन ।

प्रशिक्षक श्रेष्ठले सुरक्षित भएर प्रशिक्षण सुरु गर्नुपर्ने अवस्था आएको बताए । मौखिक रूपमा परिषद र कराते महासंघले अनुमति दिएपनि आधिकारिक पत्र भने पठाएकाे छैन ।

यसका साथै खेलाडीकाे पीसीआर परीक्षण गरेर बन्द प्रशिक्षण गरिपाउँ भनेर राखेपमा पत्र पठाएको तर त्यसकाे जवाफ नआएकाे श्रेष्ठले बताए ।

लकडाउनकैबीचमा पनि दुई महिनादेखि बालाजु डोजोमा रसाइलीले प्रशिक्षण गरेका थिए । जसलाइ डाेजाेका प्रशिक्षक धुर्वबिक्रम मल्लले सहयाेग गरेका थिए ।

लामाे समयपछि प्रशिक्षणमा फर्किने पाउँदा निकै खुसी लागेकाे दुबै खेलाडीले बताएका छन । अब यसलाइ नियमित र सुरक्षित तरिकाले गर्नु उचित रहेकाे उनीहरूकाे बुझाइ छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey