खुकुरी च्यालेञ्जर्स कपमा आर्मी पराजित

0

माघ १५, काठमाडौं । खुकुरी च्यालेञ्जर्स कप अन्तर्गत सोमबार भएको खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी जीएचसीए र ओएसिस क्रिकेट एकेडेमी विजयी भएका छन् ।

मुलपानी स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत समुह सीको खेलमा जिएचसीएले आर्मीलाई ५ विकेटले हरायो । अर्को खेलमा ओएसिस क्रिकेट एकेडेमीले आईओई थापाथलीलाई १८ रनले हरायो ।

जीएचसीए विरुद्ध टस जितेर ब्याटिङ गरेको आर्मी २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो । आर्मीका भरपर्दा ब्याट्सम्यानहरु चल्न सकेनन् । नरेश बुढाऐर सर्वाधिक ३५ रनको योगदान दि एभने अन्य खेलाडीले खराब प्रदर्शन गरे ।
पछिल्लो ४५ रनका लागि आर्मीले ६ विकेट खेर फालेको थियो ।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा सागर ढकाल एक्लैले ४ विकेट लिए भने कमलसिंह ऐरीले ३ तथा रुपेश श्रीवास्तवले २ विकेट हात पारे ।

८३ रनको लक्ष्य जीएचसीएले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । प्रदिप ऐरीले २६ तथा आयुशमान बलमे २२ रन बनाए ।

अर्को खेलमा ओएसिस क्रिकेट एकेडेमीले थापाथलीलाई १८ रनले हराउँदा नितेश थापा नायक बने । ओएसिसले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा नितेश थापाले ४ विकेट लिएपछि थापाथली ११३ रनमा अलआउट भएको थियो ।

Post Add 1025X115
Loading...