दशरथ र‌ङ्गशालाकाे काम: जङ्गली दुबाेले कामदार हैरान !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१५
  • |
  • 390 पटक हेरिएको

 

फिफा विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टिमले घरेलु मैदान अर्थात दशरथ रंगशालामा तीन खेल खेल्न बाँकी रहेको छ । कोरोना भाइरसका कारण यसअघि तय भएको मिती स्थगित भएको पछि एएफसीले फिफालाई अक्टोबर नोभेम्बरमा प्रस्तावित मिती दिएको छ । जसमा फिफाले अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।

कतार विश्वकपको छनोटका रुपमा रहेका खेलहरुमा नेपालले चाइनीज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । त्यहि खेलका लागि अखिल नेपाल फुटबल संघले मैदानलाई धमाधम बनाइरहेको छ ।

कोरोनाका कारण लकडाउन हुँदापनि सामाजिक दुरी कायम गरेर काम सुरु गरेको रंगशालाले यतिबेला आफ्नो स्वरुप निकै परिवर्तन गरिएको छ । तर मैदानमा काम गर्नेका लागि जंगली दुबोले निकै दुःख दिएको छ । बर्षा सिजन भएकाले पनि चार पाँच दिन अरु काम गरेमा जंगली दुबो फैलिने र रोपेको दुबोलाई छोप्ने गरेकाले कामदारहरु जंगली दुबो निकाल्नमा ब्यस्त छन ।

मैदानमा खटिएका एक कामदारले जंगली दुबोका कारण केहि समस्या भएको बताएका छन । मैदानमा अझैपनि घाँस काट्ने काम बाँकी नै छ । रंगशालाको मैदानको लेवलमा घाँस काटेपछि अन्तिममा तयार हुनेछ । त्यो बेलासम्म जंगली घाँसलाई हराउने कामका साथै रोपिएको दुबोमा पानी हाल्ने काम भइरहेको छ ।

रंगशालामा काम सुरु गर्दा देखि अहिलेसम्म आधा क्विन्टलजति जंगली घाँस निकालेको त्यहाँ खटिएका कामदारले बताए ।

यसका साथै रंगशालामा अरु कामपनि जारी रहेको छ । मैदानमा सिसिटिभी फिट गरिएको छ भने भिआइपीतर्फ पानी नछिरोस भनेरपनि काम गरिने भएको छ । त्यसका लागि छुट्टै बजेटपनि राखिएको छ ।

लकडाउनका कारण निकै फुर्सदमा रहेको रंगशालामा दर्शकसहितको खेल कहिले हुन्छ भन्ने एकिन नभएपनि त्यो बेलासम्म यसलाई अन्तराष्ट्रिय स्तरको देखिनेसम्म बनाउने योजनामा एन्फा र परिषद् रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey