कीर्तिमानी खेलाडी फेडेररले गरे ट्रफी सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 190 पटक हेरिएको

माघ १५ । रोजर फेडेररले  मेलवर्नमा आफ्नो छैटौ अस्ट्रेलियन ओपन ट्रफी सार्वजनिक गरेका छन् ।

३६ वर्षीय फेडेरर हिजो भएको फाइनलमा क्रोएसियश मरिन चिलिचलार्इ ३-२ काे सेटमा पराजित गर्दै छैटौं पटक अस्ट्रेलियन ओपनको उपाधी जितेका थिए ।

तीन घन्टा तीन मिनेट सम्म चलेको खेलमा फेडेररले ६–२, ६–७, ६–३, ३–६, ६–१ को सेटमा जीत हात पारेका थिए ।

ट्रफी सार्वजनिक गगर्दै फेडेररले छैटौं अस्ट्रेलियन ओपन र २० औं ग्रान्डस्लाम उपाधी विशेष रहेको प्रतिकृया दिए ।

फेडेररले गत वर्षको अस्ट्रेलियन ओपन जित्दै पाँच वर्षदेखिको ग्रान्डस्लाम उपाधीको खडेरी तोडेका थिए । घुँडाको शल्यक्रिया पछि कोर्टमा फर्किँदा फेडेरर १७औं वरियतामा थिए ।

उनले पहिलो पटक सन २००३ मा विम्बल्डनको उपाधि जित्दै ग्रान्डस्लाममा खाता खोलेका थिए । त्यसयता धेरै खेलाडी आए गए । तर फेडेरर यो उमेर सम्म पनि सक्रिय टेनिसमा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey