भलिबलका बिभिन्न प्रतियाेगिता गर्न ३० लाख, महिला र पुरूष लिगमा बजेट छैन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१३
  • |
  • 299 पटक हेरिएको

नेपाल सरकारले आर्थिक बर्ष २०७७–७८ का लागि राष्ट्रिय भलिबल प्रतियोगिता गर्नका लागि ३० लाख रुपैयाँ रातोकितावमा राखेको छ । नेपाल भर हुने विभिन्न प्रतियोगिता आयोजनाका लागि अनुदान स्वरुप दिनका लागि रातो कितावमा ३० लाख रुपैयाँ परेको छ । जसमा २० वटा प्रतियोगितालाई सो रकम दिइनेछ ।

यसका साथै रातो कितावमा एभीसी एशियन सिनियर पुरुष भलिबल प्रतियोगिता आयोजनाका लागि छुट्टै ५ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको आयोजनाका लागि पनि पाँच लाख राखिएको छ ।

सरकारले राष्ट्रिय खेलकुद परिषद्को भलिबल प्रतियोगिता अनुदान शिर्षमा सो रकम छुट्याएको छ । जसमा एक प्रतियोगितालाई त्यसको आयोजनाको स्तर हेरेर अनुदान दिइनेछ । जसमा कम्तिमा एक लाख र बढिमा दुई लाख रुपैयाँ दिइन सक्ने बताइएको छ ।

परिषद्ले भलिबल प्रतियोगिताका लागि औषतमा २० वटालाई साँढे एक लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । आगामी आर्थिक बर्षका लागि नेपालको राष्ट्रिय खेल भलिबलमा मोटो रकम मागेपनि अन्तिममा ३० लाख रुपैयाँ मात्र परेको छ ।

याे सूचिमा भलिबलले गर्दै अाएकाे क्लव च्याम्पियनसिप र लिग भलिबलका लागि बजेट छैन ।

सरकारको अनुदान पाउने प्रतियोगिताहरु यसप्रकार रहेका छन ।

राष्ट्रिय भलिबल प्रतियोगिता अनुदान वटा २० ३०
ढोरपाटन राष्ट्रिय भलिबल प्रतियोगिता
तरहरा राष्ट्रिय भलिबल प्रतियोगिता
कञ्चनपुर राष्ट्रिय भलिबल प्रतियोगिता
पर्वत राष्ट्रिय भलिबल प्रतियोगिता डिमुवा
बाग्लुङ्ग राष्ट्रिय भलिबल प्रतियोगिता
अन्तर्रा्ष्ट्रिय भलिबल प्रतियोगिता पोखरा लामाचाैर
पटियानीकप भलिबल, चितवन
थाहाकप भलिबल, मकवानपुर
भिमबहादुर तामाङ स्मृति भलिबल प्रतियोगिता, दोलखा
ताप्लेजुड्ड राष्ट्रिय भलिबल प्रतियोगिता
शेरबहादुर स्मृति भलिबल प्रतियोगिता काठमाडौं
माच्छापुच्छ्रे भलिबल प्रतियोगिता मर्दीखोला कास्की
झलकमान गन्धर्व भलिबल प्रतियोगिता बाटुलेचौर पोखरा
पुन युनाइटेड क्लब नदीपुर भलिबल प्रतियोगिता , पोखरा ३
अन्य भलिबल प्रतियोगिताहरु

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal