राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव सिंहको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१३
  • |
  • 311 पटक हेरिएको

नेपाली राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव राजबहादुर सिंहको ८८ बर्षको उमेरमा निधन भएको छ । उनी नेपाली फुटबल टिमकाे पुर्व कप्तान पनि हुन । उनी लामाे समयदेखि पक्षघात बाट पीडित थिए ।

परिषद्का सातौं सदस्यसचिव रहेका सिंहको छाउनीस्थित आफ्नो निवासमा निधन भएको परिवार स्रोतले बताएका छन । सिंह परिषद्मा २०४८ देखि २०५० सालसम्म सदस्यसचिवका रुपमा काम गरेका थिए ।

पछिल्लो पटक उनी विरामी रहेका थिए । उनको शनिबार नै अन्त्यष्टी गरिने बताइएको छ । सिंहका एक छोरा र एक छोरी रहेका छन ।

पूर्व खेलाडी समेत रहेका सिंहले खेल मण्डल र विध्या ब्यायमबाट खेलेका थिए । यसका साथै उनले नेपालबाट आगा खाँ गोल्पकप पनि खेलेका थिए । नेपाल ११ टिमकाे कप्तानी गर्नै उनले १९६३ मा पाकिस्तानकाे ढाका (जुन अहिले बंगलादेश) मा प्रतियाेगिता खेल्दा महत्वपुर्ण सदस्य रहेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal