सन्दिप आर्इपीएलमा जानुमा क्लार्क र पोन्टिङको मुख्य हातः अष्ट्रेलिया क्रिकेट

0

माघ १५, अष्ट्रेलिया । अस्ट्रेलियाली क्रिकेटको आधिकारिक निकाय क्रिकेट अस्ट्रेलियाले सन्दीप लामिछाने आर्इपीएलमा आवद्ध हुनुमा अस्ट्रेलियाका पूर्व कप्तानद्वय रिकी पोन्टिङ र माइकल क्लार्लको सहयोग रहेको बताएको छ ।

१७ वर्षीय सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

दिल्लीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ छन् । सन्दीप र अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कबीचको सम्बन्धका बारेमा अष्ट्रेलियन क्रिकेटरलाई राम्रोसँग जानकारी छ ।

क्लार्कसँगको सम्बन्धका कारण सन्दीपलाई पोन्टिङले आफ्नो टिममा आवद्ध गरेको पनि क्रिकेट अस्ट्रेलियाले दाबी गरेको छ ।

Post Add 1025X115
Loading...